नेपाल शिक्षक संघ बर्दगोरिया गाउँ कमिटीको दोस्रो अधिवेशन सम्पन्न; अध्यक्षमा हमाल

१४ माघ २०७९ बर्दगोरिया । नेपाल शिक्षक संघ (NTA) बर्दगोरिया गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
शनिबार एक कार्यक्रमका विच बर्दगोरिया गाउँपालिकाको नमूना बिधालय श्री बसन्त मुरारी नमुना मा.वि को हलमा अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशन बाट राकेश हमालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरिएको छ । जसको उपाध्यक्षमा रामचन्द्र कुश्मी, उपाध्यक्ष (महिला) मा पवन चन्द मल्ल, सचीव चक्र शाही, अर्थ सचीव चन्द्रा जोशी, सह-सचीव एकेन्द्र कुवर, भरत बलायर,सह-सचीव (महिला) सुरेखा चौधरी सह- समावेशी सकोश डगौरा, उपेन्द्र सुनार लगाएत २१ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको हो ।

नेपाल शिक्षक संघ (NTA) बर्दगोरिया गाउँ कमिटी अध्यक्ष भिमदत्त बिनाडी को अध्यक्षमा दोस्रो अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाल शिक्षक संघ (NTA) कैलाली जिल्ला अध्यक्ष गणेश प्रसाद ओझा रहेका थिए ।
यस्तै विशिष्ट अतिथि नेपाली काङ्ग्रेस बर्दगोरिया गाउँ कमिटी सभापति कृष्ण विष्ट रहेका थिए ।

नेपाल शिक्षक संघ (NTA) बर्दगोरिया गाउँ कमिटी उपाध्यक्ष गिता कडायतको स्वागत मन्तव्य सङ्गै शुरु भएको कार्यक्रमको संचालन नेपाल शिक्षक संघ (NTA) बर्दगोरिया गाउँ कमिटी सचिव राम चन्द्र कुश्मीले गरेका थिए ।

यस्तै कार्यक्रममा सेवा निबृत शिक्षक गणेश मिश्र, हरि कुवर र कर्ण बहादुर बम लाई टीका, दोसल्ला, प्रमाणपत्र सहित सम्मान समेत गरिएको हो ।

कार्यक्रममा आर्थिक  प्रतिवेदन तथा संगठनिक भनाई अर्थ सचीव चक्र शाही प्रस्तुत गरेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार