बर्दगोरिया-५ मा प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात

१७,माघ २०७९ बर्दगोरिया । बर्दगोरिया गाउँपालिका-५ रामपुरमा मंगलबार एक कार्यक्रमका बिच प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात गरिएको छ ।

श्रम सम्मान बर्दगोरियाको अभियान कार्यक्रम अन्तर्गत पालिकाको वडा नम्बर ५ स्थित रामपुरमा आज बाट प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका उपाध्यक्ष तथा न्यायीक समिती संयोजक गणेश राज गिरि रहेका थिए ।

प्रमुख अतिथि गिरीले आफुहरुले वडाबाट सिफारिस भई बेरोजगारी नागरिकलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी गराएको बताए । यस्तै कार्यक्रमलाई उपाध्यक्ष गिरिले सम्पुर्ण श्रमिक हरुलाई आफ्नो कार्यलाई सफलता पुर्वक दिगो र भरपर्दो तरिकाले काम गर्न समेत अनुरोध गरे ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार