कैलालीमा बन्चरो प्रहार: छोरा द्वारा आमाको हत्या

१७, माघ, लम्की । कैलालीमा बन्चरो प्रहार गरि छोराले आमाको हत्या गरेका छन् ।

जिल्लाको लम्किचुहा नगरपालिका ,६ स्थित बागमारा मुक्त कमैया शिबिरमा सोमबार राती करिब १२ बजे ४१ वर्षीय छोरा श्रीराम चौधरीले आफ्नै आमा ७२ वर्षीया लगनी देवि थरुनीको हत्या गरेका हुन ।

बन्चरो प्रहार बाट गम्भीर घाइते भएकी थरुनी लाई लम्की स्थित लालरत्न अस्पतालमा सामान्य उपचार पछि धनगढी स्थित नवजीवन अस्पतालमा थप उपचारका लागि रेफर गरिएको थियो ।  उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बन्चरो प्रहार गरी हत्या गर्ने उनका छोरा श्रीराम थरुलाई मंगलबार बिहान इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ । थारु घरबाट करिब ८ किलोमिटर टाढा लुकेर बसेका थिए ।

श्रीराम पहिला पनि ज्यान मुद्दामा पाँच वर्ष कारागार बसेको खुलेको छ। उनले वृद्धभत्ताको रकम आमाले नदिएपछि बन्चरोले ढाड र खुट्टामा प्रहार गरेका हुन्।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार