बर्दगोरिया मा १ दिने नि:शुल्क पशु स्वास्थ्य तथा खोप शिविर सम्पन्न

१७, माघ २०७९ बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा एक दिने नि:शुल्क पशु स्वास्थ्य परिक्षण तथा खोप शिविर सम्पन्न भएको छ ।

बर्दगोरिया गाउँपालिका पशुसेवा शाखाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रम अन्तरगत उक्त एक दिने नि:शुल्क पशु स्वास्थ्य तथा खोप शिविर कार्यक्रम सम्पन्न भएको हो ।

उक्त एक दिने नि:शुल्क पशु स्वास्थ्य परिक्षण तथा खोप शिविरमा भेडा बाख्रामा पि.पि.आर. र गाई भैसीमा भ्यागुते, चरचरे रोगको खोप लगाउनुका साथै नि:शुल्क औषधि वितरण, नि: शुल्क पशु बन्धाकरण, पशुको गर्भ परिक्षण तथा बझोपनको विज्ञ पशु चिकित्सक डा. समिका अधिकारी ले उपचार गर्नुका साथै उचित परामर्श दिनुभएको थियो ।

शिविरबाट १ सय २८ घरधुरीका ७१३ पशुहरुले प्रत्येक्ष लाभ लिएका थिए । जस मध्ये गाई भैसी १८० भेडा बाख्रा ३११ रहेका छन ।

शिविरको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरी रहेका थिए ।

शिविरमा प्रमुख अतिथिको आसन बाट बोल्दै उपाध्यक्ष गिरीले यस कार्यले बिगत देखि नै निरंतरता पाएको बताएका हुन । यस्तै आगामी दिनहरुमा यस शिविरले निरंतरता लिने कुरामा आफु पुर्ण विश्वस्त रहेको बताए । सो कार्यमा पालिकाले बिगतमा पनि सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि पुर्ण सहयोग रहने बताए । यस शिविरले पशु पालन कृषक हरुमा समेत थप हौसला दिएको बताए ।

यस्तै कार्यक्रम बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष राम कृष्ण डगौरा थारुको पनि सहभागीता रहेको थियो ।

बर्दगोरिया गाउँपालिका पशुसेवा शाखाका भेटेरिनरी अधिकृत जय प्रसाद कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको संचालित बर्दगोरिया पशु सेवा शाखाका नायब पशु सेवा प्राविधिक अनिल ओलिले गरेका थिए ।

शिविर बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ सुगुरखाल स्थित भक्तिनिया दङ्गा चौरमा सम्पन्न भएको हो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार