नेपाल भ्रष्टाचार हुने मुलुकको ११० औं स्थानमा

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशन (टीआई) ले भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक गरे सङ्गै नेपाल भ्रष्टाचार हुने मुलुकको ११० औं स्थानमा परेको छ ।

यस अघि अघिल्लो वर्ष ११७ औं स्थानमा रहेको थियो। यो तथ्यांक अनुसार नेपालमा यो वर्ष केही सुधार भएपनि भ्रष्टाचार हुने मुलुकहरूको श्रेणीमै कायम रहेको मंगलबार जारी गरेको रिपोर्टमा उल्लेख छ ।

यस्तै ट्रान्सपरेन्सी इन्टरनेशन (टीआई) का अनुसार डेनमार्क सूचकाङ्कमा सबैभन्दा धेरै ९० अङ्क पाएर सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बनेको छ । भने नेपाल जम्मा ३४ अङ्क पाएर भ्रष्टाचार हुने मुलुकको ११० औँ स्थानमा परेको हो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार