सुदुरपश्चिम विशेष

सुदूरपश्चिम लगाएत अन्य तिन प्रदेशको पहाडी भू–भागमा  हल्का वर्षाको सम्भावना

सुदूरपश्चिम लगाएत अन्य तिन प्रदेशको पहाडी भू–भागमा  हल्का वर्षाको सम्भावना

कैलाली । सुदूरपश्चिम लगाएत अन्य तिन प्रदेशका पहाडी भू–भागमा आज  हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार  सुदूरपश्चिम प्रदेश, गण्डकी, कर्णाली र प्रदेश १ का पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावनाका साथै देशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ। तराईका केही  भू–भागमा  हुस्सु/कुहिरो लाग्ने र दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन पनि  महाशाखाले अनुरोध गरेको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदलीरही तराईका केही भू–भागहरुमा हुस्सु/कुहिरो लागेको…
पुरा पढ्नुहाेस्
गुरुङ समुदायले आज तमु ’ल्होसार’ पर्व मनाउँदै

गुरुङ समुदायले आज तमु ’ल्होसार’ पर्व मनाउँदै

काठमाडौं: गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ’ल्होसार’ पर्व मनाउँदैछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो। यो पर्व सूर्यको किरणसँग पनि सम्बन्धित छ। विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीहरुको प्रतिक स्वरूप रहने यस तमु वर्षमा यसपटक बिरालो बर्ग रहनेछ। हरेक वर्षझैं यस वर्ष पनि ’हि ल्हो’ (बिरालो वर्ग) वर्षलाई सबैको शुभ होस् भनी तमु गुरुङ परम्पराअनुसार ग्रह–दशा शान्ति पूजा गरी आज नयाँ बिहानीको झुल्के घाममा नयाँ वर्गको स्वागत गरी ल्होसार मनाउने गरिन्छ। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत…
पुरा पढ्नुहाेस्
बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु

बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु

१४ पुस, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डसहित सरकारलाई समर्थन गरेका दलका शीर्ष नेता बैठकमा सहभागी भएका छन् । मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँट गर्न शीर्ष नेताहरुको बैठक बसेको हो । बैठकमा संघीय सरकारको मन्त्रिपरिषद् विस्तारका साथै प्रदेश सरकार गठनको विषयले पनि प्रवेश पाउनेछ । प्रमुख सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष र प्रधानमन्त्री प्रचण्डबीच बुधबार साढे दुई घण्टा एकल वार्ता भएको थियो । बुधबारको वार्तामा उनीहरुबीच भागबन्डाको न्यूनतम सहमति भएको स्रोतको दाबी छ । आजको बैठकमा सबै सत्ता सााझेदार दलहरुबीच शक्ति बाँडफाडको सहमति प्रयास हुने नेताहरुले बताएका छन् । पहिलो चरणमा…
पुरा पढ्नुहाेस्
२०८० सालका चाडपर्व : दशैं कहिले ?

२०८० सालका चाडपर्व : दशैं कहिले ?

काठमाडौं -  अब आउने दशैं अर्थात् २०८० सालको दशैं र तिहार एक महिनापछि सर्ने भएको छ । पञ्चाङ्ग निर्णायक समितिले तयार गरेको २०८० सालको पात्रोमा साउन एक महिना मलमास परेकोले दशैं एक महिना पर सरेको हो । समितिको मंगलबार बसेको बैठकले पात्रो तयार गरी पञ्चाङ्ग निर्णायक समितिका सदस्यलाई पात्रो उपलब्ध गराएको थियो । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले आउँदो वर्षको साउनपछिका पर्व १९ दिनपछि परेको जानकारी दिँदै भने ,‘पात्रो तयारीको क्रममा छ । निर्णय भएपछि सबै विषयमा जानकारी दिनेछौं ।’ समितिले करिब १५ संस्थालाई पात्रो छपाई गर्न स्वीकृत दिने तयारी गरेको छ ।कार्यकारी निर्देशक ढुंगेलले केही दिनभित्र पात्रो बजारमा आउने जानकारी…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा पौष २८ देखि माघी मेला लाग्दै

बर्दगोरियामा पौष २८ देखि माघी मेला लाग्दै

कैलाली । विगतका वर्ष जस्तै यस बर्ष कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं २ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा माघि मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । माघि मेला पुष २८ गते देखि माघ २ गते सम्म संचालन हुने आयोजकले जानकारी दिएको छ । विगत २१ सय वर्ष देखि लाग्दै आएको माघी मेलामा यस पटक स्थानिय कलाकारलाई पहिलो प्राथमिकता र राष्ट्रिय कलाकारका साथै भारतीय नौटङ्गी कलाकार र भजन किर्तन प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । बर्दगोरिया गाउँपालिकामा हुने मेलाको माध्यमबाट बर्दगोरिया धार्मिक क्षेत्रको तिव्र विकासका निमित्त माघी मेला संचालन हुन लागेको हो । बर्दगोरिया धार्मिक क्षेत्र…
पुरा पढ्नुहाेस्
घोडाघोडीमा पनि सडक क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन सुरु

घोडाघोडीमा पनि सडक क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन सुरु

घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिकाले पनि सडक क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन सुरु गरेको छ । नगरपालिकाले पूर्व पश्चिम राजमार्ग अन्तरगत वडा नम्बर २ को  सुक्तिकाडाँ देखी सडक क्षेत्रका संरचना भत्काउन सुरु गरीएको हो । पटक पटक सूचना जारी गर्दासमेत हटाउन अटेर गरेपछि नगरपालिकाले डोजर प्रयोग गरी संरचना हटाउन थालिएको घोडाघोडी नगरपालिकाले जनाएको छ । सवारी दुर्घटना न्यूनीकरण कम गर्न तथा स्वच्छ, सफा र सुन्दर नगरपालिका बनाउन सडकमा रहेका सबै प्रकारका अतिक्रमण हटाउने काम थालिनी सुरु गरीएको नगरप्रमुख खडक बहादुर रावतले बताए । सडक क्षत्रेमा पर्ने सबै प्रकारका अतिक्रमण हटाई सहयोग गरिदिन हुन उनले सबैमा आग्रह समेत गरेका छन्…
पुरा पढ्नुहाेस्
सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सञ्चालनमा

सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सञ्चालनमा

कैलाली । कैलालीको धनगढीमा संचालित सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ। एक सूचना जारि गर्दै अस्पातलले बुधबारदेखि सेवा सञ्चालनमा आएको जनाएको हो। सूचनामा उपकरण जडान भई परीक्षण कार्य सम्पन्न भएर सेवा पूर्णरुपमा सेवा सञ्चालनमा आएको उल्लेख छ। अस्पतालमा गत जेठको अन्तिम साता सिटीस्क्यान उपकरण ल्याइएको थियो। जडान गर्न, परीक्षण गर्न र उकरण चलाउने नयाँ जनशक्ति भर्ना प्रकियामा समय लागेको अस्पतालले जनाएको छ। सिटीस्क्यान सेवा सञ्चालन भएसँगै विरामीले कम मूल्यमा सिटीस्क्यान गर्न पाउने छन् ।
पुरा पढ्नुहाेस्
बाग्लुङ केन्द्रविन्दु भएर तीनपटक भूकम्प गयो

बाग्लुङ केन्द्रविन्दु भएर तीनपटक भूकम्प गयो

काठमाडौं । बागलुङ जिल्लाका विभिन्न स्थान भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति जिल्लाका विभिन्न स्थान केन्द्रविन्दु भइ तीनपटक भूकम्प गएको हो । केन्द्रका अनुसार राति १ बजेर २३ मिनेट जाँदा बागलुङको अधिकारी चौर आसपास केन्द्रविन्दु भएर ४.७ रेक्टरस्केल, २ बजेर सात मिनेट जाँदा खुङ्गा आसपास केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केल तथा बिहान ३ बजेर २८ मिनेट जाँदा अधिकारी चौर आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भएको सो केन्द्रले जनाएको छ । नेपालको हिमालय क्षेत्र भूकम्पका लागि जोखिमको क्षेत्र भएको केन्द्रले जनाएको छ ।
पुरा पढ्नुहाेस्
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै,

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै,

काठमाडौ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार आज बस्दैछ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने तय भएको छ । बैठकमा पार्टीको सरकारमा सहभागिता रहने या नरहने भन्नेबारे छलफल हुनेछ । पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ । तर सरकारमा सहभागिताको विषयमा भने पार्टी हालसम्म अनिर्णित छ। यद्यपी पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेकै अवस्थामा पार्टी सरकारमा सहभागी हुने अवस्था नरहेको बताउँदै आएका छन् ।
पुरा पढ्नुहाेस्
कञ्चपुरमा आज राति दुई घरमा चोरी

कञ्चपुरमा आज राति दुई घरमा चोरी

कञ्चपुर । कञ्चपुरमा आज राति दुई घरमा चोरी भएको छ। जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर–२ बैजुडाँडामा आज राति दुई घरमा चोरी भएको हो । नगरपालिकाको वडा नम्बर(२ बैजुडाँडामा भारतीय लुटेराहरुले राति १ः३० बजेतिर २ घरमा लुटपाट गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ। लुटेराहरुले नगद, सुनचाँदी तथा मोवाईल समेत लगेर गएको प्रहरीले जनाएको छ। उनीहरुको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ।
पुरा पढ्नुहाेस्