बाजुरा । बाजुरामा माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको स्वामीकार्तिक खापर–१ साप्पाटा मुक्तिकोट गाउँकी १४ वर्षीया शुसिला विक रहेको प्रहरीले जनाएको छ । विकको माटो खन्ने क्रममा ढिस्कोले च्यापिएर मृत्यु भएको हो ।
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली नरहेको जनाएको छ । हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भू(भागमा भने हुस्सु लागेको छ। आज दिउँसो प्रदेश एक, बाग्मती प्रदेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश एक र गण्डकी प्रदेशका हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति लुम्बिनी प्रदेशका साथै प्रदेश नं। १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश एक र गण्डकी प्रदेशका हिमाली भू(भागका…
कैलाली । नागरिक उन्मुक्ति पार्टिका कैलारि गाउँकमिटी सचिव मनाेज चाैधरि नेकपा माओवादी केन्द्रमा प्रवेश भएका छन । उनी माओवादी केन्द्र निकट अखिल (क्रान्तीकारि) मा प्रवेश गरेका हुन । नागरिक उन्मुक्ति पार्टी केही भुगाेल र जात लक्षित पार्टी मात्र भएकाे र कुनै ठाेस सिद्धान्त र उदेश्य नभएको बताउदै सबैलाई मिलाएर लिने र देशकाे हित चाहने पार्टी माओवादि केन्द्र र भएकाे भन्दै आफू अखिल (क्रान्तीकारि) मा प्रवेश गरेकाे चाधरिले बताए । उनलाई अखिल (क्रान्तीकारि) केन्द्रीय सचिवालय सदस्य पदम काफ्ले, प्रदेश कमिटी मुख्य सचिव डम्बर भट्टराई,केन्द्रीय सदस्य तथा कैलाली ईन्चार्ज जीवन बि.सि. कैलाली जिल्ला संयाेजक शिवराज सञ्ज्याल लगाएतले संगठनमा स्वागत गरेका हुन्। अखिल…
१९ माघ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । बैठकमा समसामयिक राजनीतिक र पार्टी संगठनका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । एक नेताका अनुसार गृह मन्त्रालयको विषयमा सत्ता साझेदार दलहरुबीच भइरहेको खटपट, राष्ट्रपतिको आगामी निर्वाचन, पार्टीका विभागहरुमा नेताहरुको जिम्मेवारी तोक्ने लगायतका विषयमा बैठकमा छलफल हुनेछ । यसअघि बुधबार बस्ने तय भएको बैठक पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताको कारण स्थगित गरिएको थियो ।
१७, माघ २०७९ बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा एक दिने नि:शुल्क पशु स्वास्थ्य परिक्षण तथा खोप शिविर सम्पन्न भएको छ । बर्दगोरिया गाउँपालिका पशुसेवा शाखाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रम अन्तरगत उक्त एक दिने नि:शुल्क पशु स्वास्थ्य तथा खोप शिविर कार्यक्रम सम्पन्न भएको हो । उक्त एक दिने नि:शुल्क पशु स्वास्थ्य परिक्षण तथा खोप शिविरमा भेडा बाख्रामा पि.पि.आर. र गाई भैसीमा भ्यागुते, चरचरे रोगको खोप लगाउनुका साथै नि:शुल्क औषधि वितरण, नि: शुल्क पशु बन्धाकरण, पशुको गर्भ परिक्षण तथा बझोपनको विज्ञ पशु चिकित्सक डा. समिका अधिकारी ले उपचार गर्नुका साथै उचित परामर्श दिनुभएको थियो । शिविरबाट १ सय २८ घरधुरीका ७१३…
१७,माघ २०७९ बर्दगोरिया । बर्दगोरिया गाउँपालिका-५ रामपुरमा मंगलबार एक कार्यक्रमका बिच प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात गरिएको छ । श्रम सम्मान बर्दगोरियाको अभियान कार्यक्रम अन्तर्गत पालिकाको वडा नम्बर ५ स्थित रामपुरमा आज बाट प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका उपाध्यक्ष तथा न्यायीक समिती संयोजक गणेश राज गिरि रहेका थिए । प्रमुख अतिथि गिरीले आफुहरुले वडाबाट सिफारिस भई बेरोजगारी नागरिकलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी गराएको बताए । यस्तै कार्यक्रमलाई उपाध्यक्ष गिरिले सम्पुर्ण श्रमिक हरुलाई आफ्नो कार्यलाई सफलता पुर्वक दिगो र भरपर्दो तरिकाले काम गर्न समेत अनुरोध गरे ।
१७, माघ, लम्की । कैलालीमा बन्चरो प्रहार गरि छोराले आमाको हत्या गरेका छन् । जिल्लाको लम्किचुहा नगरपालिका ,६ स्थित बागमारा मुक्त कमैया शिबिरमा सोमबार राती करिब १२ बजे ४१ वर्षीय छोरा श्रीराम चौधरीले आफ्नै आमा ७२ वर्षीया लगनी देवि थरुनीको हत्या गरेका हुन । बन्चरो प्रहार बाट गम्भीर घाइते भएकी थरुनी लाई लम्की स्थित लालरत्न अस्पतालमा सामान्य उपचार पछि धनगढी स्थित नवजीवन अस्पतालमा थप उपचारका लागि रेफर गरिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बन्चरो प्रहार गरी हत्या गर्ने उनका छोरा श्रीराम थरुलाई मंगलबार बिहान इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।…
काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशन (टीआई) ले भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक गरे सङ्गै नेपाल भ्रष्टाचार हुने मुलुकको ११० औं स्थानमा परेको छ । यस अघि अघिल्लो वर्ष ११७ औं स्थानमा रहेको थियो। यो तथ्यांक अनुसार नेपालमा यो वर्ष केही सुधार भएपनि भ्रष्टाचार हुने मुलुकहरूको श्रेणीमै कायम रहेको मंगलबार जारी गरेको रिपोर्टमा उल्लेख छ । यस्तै ट्रान्सपरेन्सी इन्टरनेशन (टीआई) का अनुसार डेनमार्क सूचकाङ्कमा सबैभन्दा धेरै ९० अङ्क पाएर सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बनेको छ । भने नेपाल जम्मा ३४ अङ्क पाएर भ्रष्टाचार हुने मुलुकको ११० औँ स्थानमा परेको हो ।
१६, माघ २०७९ बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर-५ मा कालिका देवी मन्दिरको शिलान्यास गरिएको छ । वडाको बैदिपुर गाउँमा निर्माण हुन लागेको उक्त मन्दिरको वडा सदस्य शंकर बिकले सोमबार शिलान्यास गरेका हुन । आर्थिक वर्ष २०७९/८० को लागि वडा कार्यालयले विनियोजित गरेको १ लाख रुपैयाँ बजेटमा उक्त मन्दिर निर्माणका हुन लागेको हो ।
रासस; २०७९ माघ १६ काठमाडौँ । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट शहीदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ । यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै…