तराईमा हुस्सुः हिमाली भू(भागमा हल्का हिमपातको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली नरहेको जनाएको छ । हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भू(भागमा भने हुस्सु लागेको छ।

आज दिउँसो प्रदेश एक, बाग्मती प्रदेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश एक र गण्डकी प्रदेशका हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति लुम्बिनी प्रदेशका साथै प्रदेश नं। १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश एक र गण्डकी प्रदेशका हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र देशका तराईका भू(भागमा बिहानीपख लागेको हुस्सुले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार