सुदुरपश्चिम विशेष

एमालेले राष्ट्रपति निर्वाचन अगाडि सरकार नछाड्ने

एमालेले राष्ट्रपति निर्वाचन अगाडि सरकार नछाड्ने

१३ फागुन, काठमाडौं । नेकपा एमालेले राष्ट्रपति निर्वाचन अगाडि सरकार नछाड्ने निर्णय गरेको छ । राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाएको एमालेले कांग्रेसबाहेक सबै दलसँग सहयोगसमेत मागेको छ । बैठकपछि उपमहासचिव पृथ्वीसुब्बा गुरुङले् भने,’ २५ गतेसम्म राष्ट्रपति चयनको मिति भएको हुनाले त्यसबेलासम्म पुस १० गतेकै सहमति अनुसाग अगाडि बढ्छौं ।’
पुरा पढ्नुहाेस्
नेकपा एमालेले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने

नेकपा एमालेले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने

काठमाडौँ । नेकपा एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको शनिबार बसेको सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । यस्तै आठ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार रहेका छन् । पौडेललाई कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय आजै बसेको कार्यसम्पादन समितिको बैठकले गरेको हो।
पुरा पढ्नुहाेस्
मोहन्याल गाउँपालिकाले गर्‍यो अर्धवार्षिक समिक्षा कार्यक्रम

मोहन्याल गाउँपालिकाले गर्‍यो अर्धवार्षिक समिक्षा कार्यक्रम

मोहन्याल । कैलालीको मोहन्याल गाउँपालिकाले अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार गाउँपालिका कार्यालय खिमडीमा पालिका अध्यक्ष देविदत्त उपाध्यायको अध्यक्षतामा उक्त अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको हो । उक्त अर्दवार्षिक समिक्षा कार्यक्रममा विभिन्न शाखाका शाखा प्रमुखहरुले आआफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा पालिकाको तर्फबाट पछिल्लो अर्दवार्षिक को आर्थिक प्रतिवेदन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले गरेका थिए । सोही क्रममा उनले पालिकाले आफ्नो आन्तरिक आर्थिक श्रोत लाई कसरी बढाउने भन्ने कुरामा पालिका अध्यक्ष, उपाध्यक्ष लगाएत सम्पुर्ण जनप्रतिनिधिले विशेष ध्यानदिनु पर्ने बताए । यस्तै कार्यक्रम आफ्नो मन्तव्य प्रस्तुत गर्दै पालिका अध्यक्ष उपाध्यायले बिगतका दिनहरूमा पनि पालिकाका कर्मचारीले पालिकाको…
पुरा पढ्नुहाेस्
क्रिकेटर आदिल तीन लाख धरौटीमा छुटे

क्रिकेटर आदिल तीन लाख धरौटीमा छुटे

११ फागुन काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले आदिल धरौटीमा छुटेको जानकारी दिएका छन् । अदालतले बुधबार आदिललाई धरौटीमा छाड्ने फैसला गरेको थियो । ‘आदिलसहित तीन जनालाई धरौटीमा छाडेको हामीले पनि जानकारी पाएका छौं । तीन लाख धरौटीमा छुटेका थिए । यो क्रिकेट र स्पटको कुरा हो । आदिलले पूर्ण रुपमा फैसला नपाउन सम्म नेपाली क्रिकेट टोलीबाट खेल्ने सम्भावना कम हुन्छ । हिजो नै फैसला आएको हो । आज विहान छुटे होलान्’, विनोद दासले भने । आदिलले अदालत सामु आफूले स्पट फिक्सिङ गरेको अस्वीकार गरेका थिए । आदिललाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) ले गत…
पुरा पढ्नुहाेस्
मोहन्याल गाउँपालिकाको कार्यालय स्थापनाको लागि स्थानियले जग्गा दान गर्ने

मोहन्याल गाउँपालिकाको कार्यालय स्थापनाको लागि स्थानियले जग्गा दान गर्ने

मोहन्याल । कैलालीको मोहन्याल गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि स्थानीयले जग्गा दान गर्ने घोषणा गरेका छ्न । गत पुस १४ गते बसेको कार्यपालिका बैठकले पालिकाको वडा नम्बर १ स्थित चोसेकाँडामा प्रशासकीय भवन निर्माणको लागि प्रस्ताव गरेपछि यहाँका स्थानीयले जग्गा दान गर्ने स्व- घोषणा गरेका हुन । पालिकाको प्रशासकीय भवन निर्माणका लागि मोहन्याल १ चोसेकाँडाका ७ जना स्थानीयले एक करोड भन्दा बढी मूल्य पर्ने जग्गा भवन निर्माणका लागि निःशुल्क दिन तयार रहेको बताएका छ्न । पालिकाको भवन निर्माणका लागि स्थानीय सरकार संचालन ऐनमा उल्लेख भएअनुसारको जग्गा उपलब्ध गराउने गरि आफुहरु जग्गा दान गर्न तयार रहेको बताएका हुन । पालिकाको प्रशासकीय भवन…
पुरा पढ्नुहाेस्
सन्दीपलाई विदेश लैजान आग्रह गर्दै क्यानकाे राखेपलाई पत्र

सन्दीपलाई विदेश लैजान आग्रह गर्दै क्यानकाे राखेपलाई पत्र

बुधबार, १० फागुन । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई यूएई टुरमा लैजान राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पत्र पठाएको छ । क्यानका क्रिकेट म्यानेजर विनोद दाशले आफूहरुले राखेपमा व्यक्तिगत रुपमा सँगै पत्रमा पनि सन्दीपलाई विदेश लैजाने कुरामा पहल गरिदिन अग्रह गर्दै पत्र पठाएको बताए । हामीले राखेपमा सन्दीपलाई विदेश लैजानका लागि पत्राचार गरेका छौं । खेलकुदको मुख्य निकाय भनेको राखेप हो, अब राखेपले अदालतसँग आग्रह गरेमा सम्भव हुनसक्छ बाँकी कुरा अहिले खुलाउन मिल्दैन, दाशले भने । नेपालले विश्वकप लिग २ अन्तर्गत यूएईमा त्रिकोणात्मक सिरिज खेल्दैछ । त्यसैका लागि सन्दीपले विदेश जान पाउनु पर्ने मागसहित सर्वोच्चमा पनि निवेदन दिएका…
पुरा पढ्नुहाेस्
आज सुनको मुल्यमा गिरावट

आज सुनको मुल्यमा गिरावट

काठमाडौं । आज स्थानीय बजारमा पहिलो धातु सुनको मुल्य सामान्य अंकले घटेको छ। सोमबार स्थिर रहेको सुनको मूल्य आज भने प्रतितोला दुई सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी…
पुरा पढ्नुहाेस्
पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

#रासस चितवन । पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं ९ का ६० वर्षीय चन्द्रबहादुर तामाङ छन् । चितवन राष्ट्रिय निकुञ्जका अनुसार आज बिहान बाटोमा हिँड्ने क्रममा रत्ननगर–९ लालपर्सा नजिक उनलाई गैँडाले आक्रमण गरेको हो ।  बिहान ६ बजेको समयमा तामाङ मृतावस्थामा भेटिएको र घटनाको प्रकृति एवं चोट हेर्दा गैँडाको आक्रमण गरेको देखिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट जिल्लामा पाँच जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा बाघको आक्रमणबाट एक , हात्तीको आक्रमणबाट एक र गैँडाको आक्रमणबाट तीन  रहेको उनले जानकारी दिए ।
पुरा पढ्नुहाेस्
कस्तो रहला आजको मौसम पूर्वानुमान ?

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले प्रदेश एक, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो प्रदेश एकका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। राति प्रदेश एक, गण्डकी  र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहनुको साथै प्रदेश एकको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको…
पुरा पढ्नुहाेस्
आज ग्याल्पो ल्होसार, शेर्पा समुदायले विभिन्न कार्यक्रमका साथ मनाउँदै

आज ग्याल्पो ल्होसार, शेर्पा समुदायले विभिन्न कार्यक्रमका साथ मनाउँदै

रासस काठमाडौँ ।  प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो । समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता टीका शेर्पाले सुनाए । यो ल्होसारलाई…
पुरा पढ्नुहाेस्