बर्दगोरिया-४ मा ३ महिने विद्युत जडान तालिम शुरु
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा तिन महिने विद्युत जडान सम्बन्धि तालिम शुरु भएको छ । व्यवसायीक तथा सिप विकास तालिम केन्द्र धनगढीको सहकार्य तथा बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ को आयोजनामा उक्त तिन महिने विद्युत जडान कार्य शुरु भएको हो । तालिमको आज (मंगलबार) वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाहीको अध्यक्षतामा उद्घाटन गरिएको हो । तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष जगत बहादुर शाहीले आफ्नो वडाका बेरोजगार युवा, युवतीलाई कसरी आत्मनिर्भर बनाई आफ्नै ठाउँमा रोजगारीको सृजना गर्ने सकिन्छ भन्ने? उद्देश्यका साथ यो तालिमको आयोजना गरेको बताए । यस तालिम सहभागी सबैले इमानदार पुर्वक तालिम…















