बर्दगोरिया र विश्व बैंकका पदाधिकारीहरुद्वरा खानेपानी आयोजनाको संयुक्त अनुगमन
बर्दगोरिया । बर्दगोरिया गाउँपालिका र विश्व बैंकका पदाधिकारीहरुले मंगलबार विभिन्न वडामा संचालित तथा निर्माणाधीन अवस्थामा रहेका खानेपानी आयोजनाको संयुक्त अनुगमन गरेका छन । पालिकाको वडा नम्बर १,३,४ र ६ का अधुरा खानेपानीलाई विश्वबैंकको सहायतामा n -wash परियोजनाले चाडै निर्माण गरिने अनुगमनका क्रममा पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले जानकारी दिए । पालिका र विश्व बैंकको लगानीमा पालिकाका ६ वटै वडामा शुद्ध खानेपानी ,ढल निकास र सार्बजनिक शौचालय निर्माण हुनेछन् । सोही परियोजना अन्तरगत वडा नम्बर २ र ५ लाई पनि शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यका साथ विश्वबैंकका प्रतिनिधि नेपाल सरकार खानेपानी संस्थाका प्रतिनिधि र बर्दगोरिया गाउँपालिका अध्यक्ष,उपाध्यक्ष , प्रमुख प्रशासकिय…















