मिटर ब्याज पीडितलाई उजुरी दिन जिल्ला प्रशासन कार्यालय कैलालीको अनुरोध

कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले मिटर ब्याज पीडितलाई आइतबार देखि उजुरी दिन अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले शुक्रबार हिजो एक सुचना सार्वजनिक गर्दै मिटर ब्याज पिडितहरुलाई भोलि (आइतवार) बैशाख १७ गतेदेखि ३१ गतेसम्म उजुरी दिन आग्रह गरेको हो ।

 जिल्ला प्रशासन कार्यालयका अनुसार कार्यालयको सहायता कक्षमा गई यही वैशाख १७ गतेबाट उजुरी दिन सकिने र भए सम्मका सबुद प्रमाण संलग्न गरेर आवेदन दिन आग्रह गरेको हो ।

जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको सहायता कक्षबाट निवेदन फारम निःशुल्क रुपमा उपलब्ध गराइने समेत जनाइएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार