आज नेपालले यूएईको सामना गर्दै

काठमाडौँ । आज नेपाल र यूएई बीच एसीसी प्रिमियर कपको फाइनल खेलमा हुने भएको छ ।

कीर्तिपुरस्थित खेल मैदानमा बिहान ९ बजे खेल सुरु हुनेछ ।

आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ । नेपाल अहिलेसम्म सो प्रतियोगितामा छनोट भएको छैन । घरेलु मैदानको फाइदा उठाउँदै नेपाल पहिलोपटक सो प्रतियोगिता खेल्न चाहन्छ ।

सेमिफाइनलमा कुवेतलाई पछि पार्दै नेपालले फाइनलमा स्थान बनाएको हो भने यूएईले ओमानलाई पाखा लगाएको थियो । नेपाल हालसम्म यो प्रतियोगितामा अपराजित रहेको छ । त्यस्तै, पछिल्ला तीन खेलमा यूएईविरुद्ध नेपाल अपराजित रहेको छ

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार