घोडाघोडी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख र विभागीय प्रमुखले दिए राजीनामा

१६ वैशाख, सुखड । कैलालीको एक क्याम्पसका सहायक क्याम्पस प्रमुख र विभागीय प्रमुखहरुले राजीनामा दिएका छन् ।

राजीनामा दिनेमा जिल्ला घोडाघोडी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख चेतराज बिनाडी, विभागीय प्रमुख व्यवस्थापन संकायका वीरेन्द्र कुँवर र विभागीय प्रमुख मानविकी संकायका प्रेमराज चौधरी रहेका छन् ।

उनीहरुको क्याम्पस सञ्चालक समितिलाई राजीनामा आफ्नो राजिनामा बुझाएका हुन् ।

परिवर्तित समय र परिस्थितिको माग बमोजिम आफूहरूले राजीनामा बुझाएको उनीहरूले बताएका छन् । विगत केही समय देखी क्याम्पस प्रशासनको लापरबाही, व्यापक गुटबन्दी, प्रशासनिक र पद्धतिगत अस्तव्यस्त भएको भन्दै केही प्रध्यापकहरुले आन्दोलन गरेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार