बर्दगोरियामा वृहत योग विज्ञान महोत्सव २०८० शुरु (फोटोफिचर)
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा वृहत योग विज्ञान महोत्सव २०८० शुरु भएको छ । पतंजलि योग नेपाल तथा बर्दगोरिया गाउँपालिकाको आयोजनमा बैशाख १५ गते सम्म संचालन हुन लागेको उक्त योग विज्ञान महोत्सव २०८० को आज बैशाख ०९ गते औपचारिक रुपमा उद्घाटन भएको हो । बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम प्रमुख आथित्यमा उक्त महोत्सव शुरु भएको हो । महोत्सव उद्घाटन समारोहमा आफ्नो मन्तव्य राख्दै बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता मिथुन गौतमले योग गरौ निरोगी बनौ भन्ने राष्ट्रिय नाराले बर्दगोरिया गाउँपालिकामा पनि स्थान पाएको बताए । पछिल्लो समयमा आम नागरिकले दैनिक…
















