बर्दगोरिया-५ मा १ दिने नि;शुल्क दन्त परिक्षण शिबिर सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउपालिका वडा नम्बर ५ मा बुधबार एक दिने नि;शुल्क दन्त परिक्षण शिबिर सम्पन्न भएको छ ।

बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको सहयोगि बेलुवा युवा क्लब को आयोजना तथा मालिका दन्त सेवा प्रा.लि.को प्राविधिक सहयोगमा उक्त १ दिने नि;शुल्क दन्त परिक्षण शिबिर सम्पन्न भएको हो ।

शिबिरबाट वडा का करिव २ सय ६५ जनाले सेवा लिएको मालिका दन्त सेवा प्रा.लिका संचालक सिडिएस डेन्टल हाईजिनिस्ट केशव बहादुर शाहीले जानकारी दिए । उनका अनुसार सो मध्य १ सय १३ जनाले नि; शुल्क रुपमा आफ्नो दात निकालेका थिए । भने अन्यको सामान्य चेकजाँच गरिएको थियो ।

शिबिरमा डेन्टल सर्जन डा.बिसाल ढकालले सेवा ग्राहिको दातको चेकजाँच गर्नुका साथै उचित प्रामर्श दिएका हुन ।

उक्त दन्त परिक्षण शिविर सम्पन्न गर्न बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले आर्थिक सहयोग गरेको क्लबका अध्यक्ष महेश रावले बताए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार