सुडानमा अलपत्र परेका १९ जना नेपालीको उद्घार

काठमाडौ । सुडानमा अलपत्र परेका नेपालीहरुको उद्घार गरिएको छ । अलपत्र अवस्थामा रहेका मध्ये १९ जनाको उद्धार गरि नेपाल फिर्ता ल्याएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

पोर्ट सुडान पुगेका १९ जना नेपाली साउदी अरेबिया सरकारको सहयोगमा ३० अप्रिलमा जेद्दा शहर आइपुगेका छन्। इजिप्टको कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा ३१ जना नेपाली सम्पर्कमा आएका थिए।

जेद्दा आइपुगेका १९ जनामध्ये ६ जनाले रोजगारदाता कम्पनीको प्रबन्धमा दुबईमा काम गर्ने भएका छन्। १३ जनामध्ये ८ जना आजै एअर अरबियाको उडानबाट काठमाडौँ आइपुग्ने र बाँकी ५ जना भोलि जजिरा एअरवेजको उडानबाट नेपाल आउने तयारी भइरहेको छ।

नेपाली राजदूतावास, कायरोको सम्पर्कमा रहेका बाँकी ११ जनामध्ये ६ जनालाई सुडानबाट जेद्दा ल्याउने प्रयास भइरहेको छ। बाँकी ३ जना पोर्ट सुडानको होटलमा रहेका र अरू २ जनालाई रोजगारदाता कम्पनीले इजिप्टको सीमास्थित सुरक्षित स्थानमा राखेको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार