मुख्यमन्त्री कमल बहादुर शाहद्वरा दोदोधरा अस्पतालको उद्घाटन

बर्दगोरिया । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नव निर्मित १५ शैया दोदोधरा अस्पतालमा औषधि उपकरणको कुनै कमि हुन नदिने बताए ।

शुक्रबार कैलालीको बर्दगोरिया गाउपालिकामा आयोजित १५ शैया अस्पतालको उद्घाटन गर्दै सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सो कुरा बताएका हुन ।

मुख्यमन्त्री शाहले सम्झौता अगावै निर्माणको काम सम्पन्न गरेकोमा बधाई दिदै अब उपरान्त दोदोधरा अस्पतालमा औषधि उपकरणमा कमि नहुने बताए । उनले भने बर्दगोरियाका जनताले अब औषधि उपचारका लागि बाहिर जानु पर्दैन

साथै मुख्यमन्त्री शाहले स साना योजना भन्दा पनि दीर्घकालीन र आवश्यकताका आधारमा योजनाहरु छ्नौट गर्न आग्रह गरे । आवश्यकताका आधारमा योजनाहरु ल्याउनुहोस म बिकासका क्षेत्रमा काम गर्न तयार छु ।

मुख्यमन्त्री शाहले भने प्रदेशको बजेटलाई चुनावी क्षेत्र लक्षित गर्दा प्रदेशमा बिकास नभएको हो । चुनावी क्षेत्र मात्र नभएर कहाँ आवश्यक छ, त्यहाँ काम गरे अबको ४ बर्षमा प्रदेशको मुहार फेरिने मुख्यमन्त्री कमल बहादुर शाहले बताए ।

उनले देश संघीयतामा गईसकेपनी प्रदेश सरकार प्रतिको विस्वास अझैपनी जनताले अनुभुती गर्न नपाएको भन्दै आफुले त्यसको अनुभुती स्वरुप मेरो प्रदेश मेरो सरकारको आभास हुनेगरी काम गरेर देखाउने बताए ।

मुख्य मन्त्री शाहले विकास र समृद्धिका लागि प्रयाप्त मात्रामा स्रोत साधन हुदाहुदै पनि विकासका गतिले सुदुरपश्चिम अगाडि बढ्न नसकेको भन्दै यहाँको कृषि ,पर्यटन ,धार्मिक तथा साकृतिक क्षेत्र सबैतर्फ समान तवरले विभिन्न कार्यक्रम संचालन गर्ने बताए ।

कार्यक्रमको समापन गर्दै बर्दगोरिया गाउपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले बर्दगोरियाका जनताका लागि आफुले सोचे अनुसार काम भई रहेको बताए ।

पालिका अध्यक्ष कुँवरले भने यस क्षेत्रमा बसोबास गर्ने सबै जनताले अब उपरान्त स्वास्थ्य सेवा लिन अन्यत्र जान पर्दैन ।

आफुले शिक्षाको क्षेत्रमा निशुल्क गरेको बताउदै यस पालिकालाई समृद्ध बनाउन अहिले पानी पिचको काम अगाडि बढाएको छु । आगामी असार मसान्त सम्म बर्दगोरिया सबै सडकहरुलाई पानी पिच गर्ने पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले बताए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार