नेपाल दलित मुक्तिमार्चाको प्रदेश सम्मेलन धनगढीमा समपन्न

कैलाली । नेपाल दलित मुक्तिमार्चाको सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन धनगढीमा सम्पन्न भएको छ । सुदूरपश्चिमका ९ वटै जिल्लाका दलितहरुको उल्लेखनिय सहभागितामा आइतबार सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनका प्रमुख अतिथि एवम् नेपाल दलित मुक्तिमोर्चाका केन्द्रीय फ्याक्सन इन्चार्ज परशुराम रम्तेलले शासन व्यवस्थामा परिवर्तन आएपनि दलित समुदायको जीवन व्यवहारमा सोचेजस्तो परिवर्तन नआएको बताए । समाजमा अहिलेपनि जातीय छुवाछूतका घटनाले दलित समुदायले आत्मसम्मानका साथ बाँच्न नपाएको रम्तेलले बताए ।

मोर्चाका केन्द्रीय संयोजक एवम् विशिष्ट अतिथि दलजीत श्रीपालीले सामाजिक विभेदका विरुद्ध सबै एक भएर आवाज उठाउनुपर्ने बताए । कानुनको सही तरिकाले कार्यन्वयन नभएसम्म समाजमा विभेद यथावत रहीरहने भएकोले सरकारले कानुनको कार्यन्वयन गर्नुपर्नेमा उनले जोड दिए । पार्टीै र मोर्चाको तालमेल मिलाएर काम गर्नुपर्ने श्रीपालीले बताए । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्याकसन इन्चार्ज ओमप्रकाश पुनले समाजमा अहिलेपनि विभेद भइरहेको बताउँदै विभदेका विरुद्ध सबैको एउटै स्वर हुनुपर्ने बताए । अधिकार मागेर नपाईने भएकोले खोस्ने हिम्मत र साहास गर्न आवश्यक रहेको भन्दै आर्थिक रुपमा सशक्त हुनुपर्ने पुनले बताए ।

पूर्वमन्त्री कर्णबहादुर विकले समाजमा अहिले विभदेका स्वरुप बदलिएको बताए । सामाजिक न्याय र परिवर्तनका लागि सबैले संगठित भएर बोल्नुपर्ने बेला आएको उनले बताए । सम्मेलनका सहभागीहरुले अहिले पनि समाजमा भईरहने जातीय छुवाछुतका घटनाले आफूहरुलाई दुखी बनाएको बताएका थिए । नेपाल दलित मुक्तिमोर्चाका सुदूरपश्चिम प्रदेश संयोजक बिनिता ओडले सुदूरपश्चिममा दलितहरुको अवस्था कमजोर रहेकोले सरकारले प्राथकितामा राखेर परिवर्तका लागि जीवनमा सुधार आउने कार्यक्रम संचालन गर्नुपर्ने बताईन् । आफूले लामो समयदेखि मोर्चाको जिम्मेवारी सम्हाल्दै आएकोले जिम्मेवारी हस्तान्रण समेत गर्ने ओडले बताईन् ।

सम्मेलनमा अन्तरजातीय विवाह गरेका नमुना दम्पतीलाई सम्मान गरिएको छ । अन्तरजातीय विवाह गरि सामाजिक विद्रोह गरेका ६ जोडीलाई सम्मान गरिएको उनले बताईन् । कैलालीका जगत बिकको अध्यक्षतामा १ सय ९ जनाको मोर्चाले प्रदेश कार्यसमिति गठन गरेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार