बर्दगोरिया-६ मा शुक्रबार १ दिने नि:शुल्क आँखा जाँच शिविर संचालन हुँदै

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा एक दिने निःशुल्क आँखा जाँच शिविर संचालन हुने भएको छ ।

च्यारिटि हेल्थ फाउन्डेसन नेपाल र बर्दगोरिया गाउँपालिकाको कार्यलाय मुडा कैलालीको समन्वय तथा श्री कृष्ण आँखा अस्पतालको प्राबिधिक सहयोग भोलि बैशाख १५ गतेका दिन १ दिने नि:शुल्क आँखा जाँच शिविर संचालन हुने भएको हो ।

उक्त आँखा जाच शिविर बाट वडाका कोहि पनि नागरिक नछुटुन भन्दै वडाले आज नै एक सुचना जारि गर्दै सम्पुर्ण वडाका नागरिकहरुलाई जानकारी गराएको वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले जानकारी दिए ।

उनका अनुसार उक्त आँखा जाच शिविर शुक्रबार भोलि बिहान १० बजे देखि  साझ ५ बजे सम्म संचालन हुने भएको छ । उक्त शिविर बाट सामान्यतया लेखपढ गर्न अप्ठ्यारो भएका, मोति विन्दु, जलविन्दु, आँखा मासु पलाएको लगाए आँखा सम्बन्धि समस्या भएका सम्पुर्ण बिरामीको  नि:शुल्क रुपमा आँखा जाच गरिने छ । साथै नि:शुल्क रुपमा आँखा चेकजाँच गर्दै औषधि समेत दिइनेछ भने अप्रेसन गर्नु पर्ने बिरामीको नि;शुल्क रुपमा अप्रेसन गर्ने व्यवस्था रहेको वडा अध्यक्ष डगौरा थारुले जानकारी दिए । आँखाको अप्रेसन गर्नु पर्ने बिरामी लाई अस्पताल सम्म जाने यातायातको पनि व्यवस्था रहेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार