
बर्दगोरिया-४ द्वारा खेलकुद सामाग्री हस्तान्तरण
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ ले खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । बिहिवार वडा कार्यालयले वडामा रहेका युवा क्लब र सामुदायिक विद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको हो । वडा अध्यक्ष जगत बहादुर शाहीले वडामा आएको निवेदनका आधारमा आफुहरुले विभिन्न खेलकुद सामाग्री सहयोग गरेको बताए । उनले भने-'अहिले हामीले वडाका सबै युवा क्लब र विद्यालयलाई समेट्न सकेका छैनौं । वडामा आएको निवेदनका अनुसार आवश्यकता बमोजिम सिमित मात्रामा मात्र हामीले खेलकुद सामाग्री हस्तान्तरण गरेका छौं ।' वडाले खेलकुद सामाग्रीमा फुटबल, भलिबल र क्रीकेट बल हस्तान्तरण गरेको छ ।