नेपाल–क्यानडा बिचको एकदिवसीय शृङ्खलाको अन्तिम खेल आज हुँदै
काठमाडौं । नेपाल–क्यानडा बिचको त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम तथा तेस्रो खेल आज हुँदैछ । खेल कीर्तिपुर क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ । नेपाल आजको खेलमा सिरिज क्लिन स्विप गर्ने लक्ष्यमा मैदान उत्रँदा क्यानडा भने पहिलो जितको खोजीमा मैदान प्रवेश गर्नेछ । सिरिजको पहिलो खेलमा नेपालले ७ रन र दोस्रो खेलमा ४ विकेटको क्यानडामाथि जित हात पारेको थियो। यससँगै नेपाल एक खेल अगावै विजेता बनिसकेको छ । शनिबार भएको दोस्रो खेलमा नेपाली खेलाडीहरूले धैर्यपूर्वक गरेको ब्याटिङका कारण क्यानडालाई पराजित गर्यो । खेलमा नेपालले कुशल भुर्तेल, ललित राजवंशी र आरिफ सेखलाई बेन्चमा राखेर आकाश चन्द र सूर्य तामाङलाई अवसर दिँदा…

















