खेलकुद

प्रथम पालिका स्तरीय मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु:

प्रथम पालिका स्तरीय मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु:

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा प्रथम पालिका स्तरीय मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिता शुरु भएको छ। बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको श्री बलकन्या माध्यामीक विद्यालयको आयोजनामा उक्त पालिका स्तरीय प्रथम मैत्रीपुर्ण भलिवल प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा पालिकाका ७ वटा विद्यालयको सहभागीता रहेको छ। उक्त भलिबल प्रतियोगिताको आज एक औपचारिक कार्यक्रमका बिच बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले उदघाटन गरेका हुन् । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कर्णबहादुर कुँवरले आफू निवार्चित भएदेखि निरन्तर शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता मा राखेर अगाडी बढेको बताउँदै पढाइ सङ्गै खेलकुद क्षेत्रमा समेत आफ्नो ध्यान केन्द्रित भएको बताए। आगामी दिनमा पनि आफू निरन्तर बर्दगोरियाको…
पुरा पढ्नुहाेस्
रोहित र ईशानको शानदार साझेदारी; स्कटल्याण्डमाथि नेपालको सहज जित

रोहित र ईशानको शानदार साझेदारी; स्कटल्याण्डमाथि नेपालको सहज जित

काठमाडौं। आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले स्कटल्याण्डमाथि ६ विकेटको जित हात पारेको हो। १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। कप्तान रोहित पौडेल र डा. ईशान पाण्डेको उत्कृष्ट साझेदारीमा नेपालले सहजै खेल आफ्नो पोल्टामा पार्यो। दुई ब्याट्सम्यानबीच १०४ रनको साझेदारी भयो। दुवैले अर्धशतकीय पारी खेले। रोहित ७४ रनमा अविजित रहे भने ईशानले ५५ रनको योगदान दिए। यस्तै, आसिफ शेखले २९ तथा कुशल भुर्तेलले २८ रन जोडे। बलिङतर्फ स्कटल्याण्डका मार्क वाटले दुई तथा ब्रेन्डन म्याकमुलेनले एक विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ थालेको स्कटल्याण्ड ३९।१ ओभरमा १९४ रनमै अलआउट…
पुरा पढ्नुहाेस्
नेपाल र स्कटल्यान्ड भिड्दै, आजको खेल जित्नै पर्ने दबाबमा नेपाल

नेपाल र स्कटल्यान्ड भिड्दै, आजको खेल जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीच खेल हुँदै छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ । नेपाल, अमेरिका र स्कटल्यान्डबीचको जारी शृंखलामा हालसम्म तीन खेल सकिएका छन् । जसमध्ये स्कटल्यान्ड आफ्ना दुवै खेलमा विजयी भएको छ । स्कटल्यान्डले पहिलो खेलमा नेपाललाई डकवर्थ लिइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो । तेस्रो खेल नेपाल र अमेरिकाबीच भएको थियो । गत शनिबार सम्पन्न उक्त खेलमा नेपालले अमेरिकालाई नौ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपाल…
पुरा पढ्नुहाेस्
कुशलको शतकमा नेपालको अमेरिकामाथि शानदार जित

कुशलको शतकमा नेपालको अमेरिकामाथि शानदार जित

काठमाडौं । ओपनर कुशल भुर्तेलको शतकमा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामाथि नेपालले ९ विकेटको शानदार जित निकालेको छ । अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा एक विकेट गुमाएर पूरा गर्‍यो । ओपनर कुशलले ११७ बलमा १२० रनको अविजित शतकीय इनिन्स खेले । उनले १३ चौका र ४ छक्का प्रहार गरे । कुशल र आसिफ शेखले पहिलो विकेटका लागि १४५ रनको उत्कृष्ट साझेदारी गरेका थिए । आसिफ ७२ बलमा ५९ रन बनाएर आउट भए । इसान पाण्डे २९ बलमा १६ रन बनाएर नटआउट रहे । बलिङमा मोहम्मद मोहसिनले एक विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा…
पुरा पढ्नुहाेस्
बद्री कुन्ता मेमोरियल ट्रस्टका सदस्य जोशीले गरे बर्दगोरियाका खेलाडीहरु सँग भेट र खेलमैदान अवलोकन

बद्री कुन्ता मेमोरियल ट्रस्टका सदस्य जोशीले गरे बर्दगोरियाका खेलाडीहरु सँग भेट र खेलमैदान अवलोकन

बर्दगोरिया । कैलाली जिल्ला फूटबल संघको आयोजना र बद्री कुन्ता मेमोरियल ट्रस्टको मुख्य प्रायोजनमा यहि पुस १८ देखि पुस २६ गतेसम्म धनगढी रंगशालामा हुन गईरहेको Badri–Kunta Memorial District Level U–16 Smart Generation Championship–2026 का लागि कैलाली जिल्लाका फुटबल क्लबहरु जोरतोरका साथ लागिरहेका छन् । यहि बिचमा बिहिवार बद्री कुन्ता मेमोरियल ट्रस्टका अध्यक्ष कमला जोशी संस्थापक सदस्य गोकर्ण जोशी र उहाँको टिमले कैलालीको बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टसका खेलाडीहरु सँग भेट गर्दै वडा नम्बर ४ मा रहेको कोतागडी खेलमैदान समेत अवलोकन गरेका छन् । बद्री कुन्ता मेमोरियल ट्रस्टका संस्थापक सदस्य गोकर्ण जोशी र उहाँको टिमलाई कैलालीको बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टस्का अध्यक्ष प्रमोद…
पुरा पढ्नुहाेस्
एनपीएल; फाइनल प्रवेशका लागि सुदुरपश्चिम र बिराटनगर भिड्दै 

एनपीएल; फाइनल प्रवेशका लागि सुदुरपश्चिम र बिराटनगर भिड्दै 

२३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ मा आजदेखि प्लेअफका खेलहरू सुरु हुँदैछन । दोस्रो स्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ मा आजदेखि प्लेअफका खेलहरू सुरु हुनेभएका छन्। प्लेअफअन्तर्गत आज पहिलो क्‍वालिफायर हुँदैछ जहाँ अंकतालिकामा शीर्ष दुईमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स आमनेसामने हुँदैछन् । खेल अपरान्ह ४ बजेदेखि त्रिवि क्रिकेट रंगशालामा सुरु हुनेछ । गत संस्करणको उपविजेता समेत रहेको सुदूरपश्चिम रोयल्स लगातार दोस्रोपटक प्लेअफमा पुग्न सफल भएको थियो भने विराटनगर पहिलोपटक प्लेअफमा पुगेको हो । लिग चरणमा लगातार ६ खेल जितेर अन्तिम खेलमा पराजित भएको सुदूरपश्चिम अंकतालिकामा १२ अंकका साथ शीर्षस्थानमा रह्‍यो…
पुरा पढ्नुहाेस्
प्रदेश ब्यापी बिधालय स्तरीय फुटबल प्रतियोगिता : छात्र/छात्राको क्वाटर फाईनल समीकरण पूरा

प्रदेश ब्यापी बिधालय स्तरीय फुटबल प्रतियोगिता : छात्र/छात्राको क्वाटर फाईनल समीकरण पूरा

बर्दगोरिया । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा जारि बिधालय स्तरीय प्रदेश व्यापी छात्र/छात्रा फुटबल प्रतियोगिताको क्वाटर फाईनल समीकरण पूरा भएको छ ।   बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टसको आयोजनामा मंसिर २ गते देखि संचालन भएको प्रतियोगितामा सोमबार छात्र र छात्रा तर्फको क्वाटरफाइनल समीकरण पूरा भएको हो ।   क्वाटरफाईनलका खेलहरु मंगलबार बाट सुरु हुनेछन । जसमा बिहान छात्रा तर्फको पहिलो खेलमा खडक मेमोरियल का विरुद्ध राष्ट्रिय माध्यामिक बिधालय देवकलिया बीचको खेल बिहान ८ बजे हुने छ , भने बिहान १० बजे छात्र तर्फको पहिलो क्वाटरफाईनल खेलमा कर्णाली माध्यामिक बिधालय सत्तीका विरुद्ध हेबन गार्डेन जोशिपुर बिच खेल हुने छ । यसै गरि दिउँसो…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढीलाई

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढीलाई

  बर्दगोरिया । कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई ब्रेकरमा कोटागढीका लागी बोधराज भण्डारी, अनिल चौधरी र राजेश सुनारले एक एक गोल गरे । यस्तै बौनियाका लागी नृप साउँद र विकास मल्लले एक एक गोल गरे । कोटागढीले सेमिफाइनल खेलमा सामुदायिक शिक्षकलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । भने बौनिया बजारले आयोजक बर्दगोरिया पत्रकार मञ्चलाई ३–० गोल…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा मैत्रीपूर्ण फुटबल खेल सुरु, पत्रकार, व्यापारी र शिक्षकको विजयी सुरुवात

बर्दगोरियामा मैत्रीपूर्ण फुटबल खेल सुरु, पत्रकार, व्यापारी र शिक्षकको विजयी सुरुवात

बर्दागोरिया । बार्दगोरिया पत्रकार मञ्चले आयोजना गरेको मैत्रीपूर्ण फुटबल खेल शुक्रवारबाट सुरु भएको छ । पारस्परिक सद्भाव, एकता र मेलमिलापका लागी खेल भन्ने मूल नाराका साथ आयोजना गरिएको फुटबल खेलको पालिका अध्यक्ष कर्णबहादुर कुँवरले उद्घाटन गरे । कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले यो खेलले आपसी सद्भाव र मेलमिलाप कायम गरेको बताए । “यो प्रतियोगिता सबैको भेटघाट हुने, आपसी प्रेस साट्ने, मेलमिलाप र एकता कायम गर्ने माध्यम बनेको छ । व्यवसायी रूपमा फुटबल नखेल्नेहरूका लागी यसले रमाइलो माहौलको वातावरण समेत निर्माण गरेको छ । यो कार्यक्रम निरन्तरताको कामना गर्दछु ।” उनले भने । खेलमा बर्दगोरिया पत्रकार मञ्च, गाउँपालिकाका जनप्रतिनिधि, पालिकाका कर्मचारी, बौनिया…
पुरा पढ्नुहाेस्
टी–२० विश्वकप छनोटः कुवेतविरुद्ध नेपालको शानदार जित

टी–२० विश्वकप छनोटः कुवेतविरुद्ध नेपालको शानदार जित

आइसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको छ। समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा कुवेतलाई फराकिलो अन्तरले हराएको हो।   ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। १४२ रनको विजयी लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रनमा अलआउट भएको हो।   कुवेतका लागि ओपनर ब्याटर क्लिन्टो एन्टोले सर्वाधिक २६ रन बनाए। उनले २३ बलमा २ छक्का प्रहार गरे। मित भवासारले ११, यासिन पटेलले १९ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।   नेपालका…
पुरा पढ्नुहाेस्