खेलकुद

विश्वकप लिग–२, नेपाल आज अमेरिकासँग भिड्दै

विश्वकप लिग–२, नेपाल आज अमेरिकासँग भिड्दै

आइसिसी विश्वकप लिग–२ मा नेपाल आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत आफ्नो तेस्रो श्रृंखलाको पहिलो खेलमा नेपालले घरेलु टोलीसँग नेपाली समय अनुसार राति ९ः१५ बजे भिड्ने भएको छ। अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी क्रिकेट मैदानमा हुने खेलमा नेपाल आफ्नो लिग–२ को विग्रदो लयलाई ट्रयाकमा ल्याउने प्रयासमा हुनेछ। नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार लिग–२ खेल्ने नेपाली टोलीको घोषणा गरेको थियो। लिग–२ खेल्नुअघि नेपाललले अमेरिकासँग टी–२० सिरिज खेलको थियो। सिरिज नेपालले क्लिन स्वीप गरेकाले टोल आत्माविश्वासी रहेको छ। यद्यपि, त्यसपछि अमेरिकी ‘ए’ सँगको खेलमा पराजित भएकाले एकदिवसीय खेलको अस्थिर लयले निरन्तरता पाउने हो कि भन्ने चिन्ता भने नेपाली…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा पालिका स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता सुरु

बर्दगोरियामा पालिका स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता सुरु

बर्दगोरिया । कैलालीको बर्दगोरियामा शुक्रबादेखि पालिका स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता सुरु भएको छ । बर्दगोरिया पत्रकार मञ्चको आयोजनामा सुरु भएको दोस्रो पालिका स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको गाउँपलिका अध्यक्ष कर्ण बहादुर कुवरले उद्घाटन गरेका छ्न । “पारस्परिक सदभाव, आपसी सहयोग र मित्रताका लागि खेल” भन्ने मूल नाराका साथ सुरु भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उद्घाटन गर्दै पालिका अध्यक्ष कुवरले बर्दगोरियाको खेल क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने भन्दै प्रतियोगितालाई सफल रूपमा संचालन गर्न आफुले सबै सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले खेल जीत हारको मात्र नभई आपसी सम्बन्ध ,भाइचारा र मित्रताको प्रतीक बन्ने हुँदा प्रतियोगिता सफल पार्न सबैको सहयोग उतिकै महत्त्वपूर्ण हुने बताए ।…
पुरा पढ्नुहाेस्
बर्दगोरिया पत्रकार मञ्चको आयोजनामा दोस्रो पालिका स्तरीय फुटबल प्रतियोगिता हुँदै

बर्दगोरिया पत्रकार मञ्चको आयोजनामा दोस्रो पालिका स्तरीय फुटबल प्रतियोगिता हुँदै

कैलाली । बर्दगोरिया पत्रकार मञ्चको आयोजनामा दोस्रो पालिका स्तरीय मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । “पारस्परिक सदभाव, आपसी सहयोग र मित्रताका लागि खेल” भन्ने मूल नाराका साथ यही कार्तिक ९ र १० गते बर्दगोरिया पत्रकार मञ्चको आयोजनामा उक्त दोस्रो पालिका स्तरीय मैत्रीपूर्ण फुटबल खेल हुने भएको हो । मञ्चका अध्यक्ष कृष्ण प्रसाद ओझाका अनुसार खेलमा रुचि राख्ने तर उमेर तथा आफ्नो व्यावसायिक व्यस्तताका कारण खेल खेल्न नसकेका स्थानीय व्यापारी, कर्मचारीहरू लगायतका व्यक्तिहरूसँग आपसी सदभाव कायम रहोस् भन्ने उद्देश्यका साथ पालिका स्तरीय फुटबल खेलको आयोजना गरिएको हो । प्रतियोगिताको विजेता हुने टिमले खसी, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नेछ, भने यस्तै…
पुरा पढ्नुहाेस्
महिला टी–२० विश्वकप: भारतलाई हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा

महिला टी–२० विश्वकप: भारतलाई हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा

काठमाडौँ । गए राती सम्पन्न जारी आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत अस्ट्रेलियाले भारतलाई पराजित गरेको छ । अस्ट्रेलियाले भारतलाई ९ रनले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको १५२ रनको लक्ष्य पछाएको भारतले २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन मात्र बनाए सफल भएको थियो । त्यस्तै पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाउँदै १५१ रन बनाएको थियो । यो जितसँगै अस्ट्रेलिया समूह ए मा लगातार चार जित सहित शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ । त्यस्तै यो हारपछि भारतको सेमिफाइनल यात्रा भने सङ्कटमा परेको छ । भारतले ४ खेलमा २ हार र दुई जित हासिल गरेको छ ।…
पुरा पढ्नुहाेस्
महिला टी–२० विश्वकप: न्यूजिल्याण्डसँग भारत पराजित

महिला टी–२० विश्वकप: न्यूजिल्याण्डसँग भारत पराजित

काठमाडौँ । गएराति भएको आइसीसी महिला टी–२० विश्वकपमा भारत न्यूजिल्याण्ड सँग पराजित भएको छ । न्यूजिल्याण्डले दिएको १६१ रनको लक्ष्य पछाएको भारतले १९ ओभरमा अल आउट हुँदै १०२ रन मात्र जोडदैँ न्यूजिल्याण्डसँग ५८ रनले पराजित गरेको हो । यस अघि टस जितेर पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाउँदै १६० रन बनाएको थियो । अब न्यूजिल्याण्डले अर्को खेल मङ्गलवार अस्ट्रेलियाविरुद्ध खेल्ने छ भने भारतले आइतबार पाकिस्तानविरुद्ध खेल्ने तालिका छ ।
पुरा पढ्नुहाेस्
विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल आज घरेलु टोली क्यानडासँग खेल्दै

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल आज घरेलु टोली क्यानडासँग खेल्दै

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा आज नेपाल घरेलु टोली क्यानडासँग खेल्ने भएको छ । खेल किङ्ग सिटीमा नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ । यो शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भयो । शृङ्खलामा नेपाल, ओमान र क्यानडा सहभागी छन् । यो शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले असोज ८ गते ओमान सँग खेल्नेछ । सन् २०२७ को विश्वकप छनोटको रूपमा रहेको लिग–२ मा आठ वटा टोलीको सहभागिता छ । तालिकामा नेपाल दुई…
पुरा पढ्नुहाेस्
वर्षाका कारण अभ्यास खेल रद्ध: नेपालले सिधै विश्वकप खेल्ने

वर्षाका कारण अभ्यास खेल रद्ध: नेपालले सिधै विश्वकप खेल्ने

काठमाडौं । नेपाल र अमेरिकाको औपचारिक अभ्यास खेल वर्षाका कारण रद्ध भएको छ। आईसीसी टी-२० विश्वकप अगाडिको अभ्यास खेल वर्षाका कारण रद्ध भएसङ्गै नेपालले सिधै विश्व कप खेल्ने भएको हो । बिहीबार राति ९ : १५ बजे सुरु हुने भनिएको खेल लामो समयसम्म वर्षा नरोकिएपछि टस भइसकेपछि अवरुद्ध भएको हो। अमेरिकाले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको थियो। नेपाल पहिलो औपचारिक अभ्यास खेलमा क्यानडासँग ६३ रनले पराजित भएको थियो। नेपालले अब जेठ २२ गते नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्दै सिधै विश्वकप खेल्नेछ। विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले समूह चरणको दोस्रो खेल जेठ ३० गते श्रीलङ्का, तेस्रो खेल असार…
पुरा पढ्नुहाेस्
सन्दीपको निलम्बन फुकुवा: विश्वकप खेल्ने बाटो खुल्यो

सन्दीपको निलम्बन फुकुवा: विश्वकप खेल्ने बाटो खुल्यो

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनबाट सफाइ पाए सँगै नेपाल क्रिकेट संघ (क्यान) ले  गरेको निलम्बन पनि फुकुवा भएको छ । बलात्कार मुद्दामा दोषी भनिएका लामिछानेलाई आज उच्च अदालत पाटनले सफाई दिए पछि नेपाल क्रिकेट संघ (क्यान) ले उनी विरुद्ध गरेको निलम्बन एक विज्ञप्ति जारी फुकुवा गरेको जनाएको छ । बुधबार क्यानले लामिछानेको निलम्बन फुकुवा गरेसँगै उनको अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने बाटो खुला भएको छ । यसअघि बुधबार नै उच्च अदालत पाटनले लामिछानेलाई सफाइ दिएको थियो । ‘सम्मानित उच्च अदालत पाटनको मिति २०८१ जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा…
पुरा पढ्नुहाेस्
आज पनि सन्दीपको मुद्दामा सुनुवाइ

आज पनि सन्दीपको मुद्दामा सुनुवाइ

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर गरिएको मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनमा क्रीकेट लामिछानेविरुद्ध दायर गरिएको जबरजस्ती करणीसम्बन्धी मुद्दामा जारी बहस नसकिएपछि मंगलबार  हेर्दाहेर्दैमा राखिएको थियो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भइरहेको छ । न्यायाधीशद्वयले यो मुद्दामा हिजो बहस सक्नुपर्ने भन्दै वरिष्ठ अधिवक्ताहरूलाई समेत बहसमा समय निर्धारण गर्दै कडाइ गरे पनि बहस पूरा हुन सकेन । बहस नसिकएपछि हेर्दाहेर्दै आजका लागि पेशी राखिएको हो। हिजो सरकारका तर्फबाट रत्नकेशरी महर्जन र प्रकाश घिमिरेले बहस गरेका थिए। उनीहरूपछि लामिछानेका कानुन व्यवसायीहरूले बहस गरे । लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ,…
पुरा पढ्नुहाेस्
संस्करणको साईनिङ्ग स्टार खुल्ला भलिबलको प्रथम खेलमा श्री वसन्त मुरारी नमुना मा.बि बिजयी

संस्करणको साईनिङ्ग स्टार खुल्ला भलिबलको प्रथम खेलमा श्री वसन्त मुरारी नमुना मा.बि बिजयी

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा छैठौं संस्करणको साईनिङ्ग स्टार राष्ट्रव्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । साईनिङ्ग स्टार यूवा क्लबको आयोजनामा सञ्चालन प्रतियोगिताको बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले उद्घाटन गरेका छ्न । प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुदले व्यक्तित्व विकाससँगै स्थानीय क्षेत्रको पहिचान जोडिएको बताए । खेलकुदले देशविदेशमा स्थानीय क्षेत्रलाई चिनाउन मद्दत मिल्ने बताउँदै उनले पालिकाले प्रतियोगिता सञ्चालनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । उनले स्थानीय सरकारले खेलकुदलाई महत्वपूर्ण क्षेत्रका रुपमा लिएको बताए । स्थानीय क्षेत्रबाट नै खेलाडी उत्पादन गर्न सकिए खेलकुदको महत्व अझै बढ्ने अध्यक्ष कुँवरको भनाइ थियो । उद्घाटन कार्यक्रममा क्लबका…
पुरा पढ्नुहाेस्