बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा वडा स्तरीय फुटबल प्रतियोगिता २०८० हुने भएको छ ।
वडा नम्बर ५ मा रहेको सहयोगी बेलुवा युवा क्लबको आयोजनामा उक्त वडा स्तरीय फुटबल प्रतियोगिता २०८० हुने भएको हो ।
गत वर्षदेखि वडा स्तरीय फुटबल प्रतियोगिता गर्दै आएको आयोजक सहयोगी बेलुवा युवा क्लबले यसवर्ष पनि प्रतियोगितालाई निरन्तरता दिन लागिएको जनाएको छ । युवाहरूमा सामाजिक एकता, न्याय सभ्यता र व्यक्तितब विकास गरि सामाजिक उत्तरदायित्वको बोध गराउने र स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष महेश रावलले जानकारी दिए ।
प्रतियोगितामा सहभागी हुन चाहाने टीमले यही कात्तिक १२ गतेदेखि टीम दर्ता गर्न सक्नेछन ।