भजनीमा आज बाट वडा स्तरीय फुटबल प्रतियोगिता शुरू

भजनी । कैलालीको भजनी नगरपालिकामा आज शनिबार बाट वडा स्तरीय फुटबल प्रतियोगिता आज देखि शुरू भएको छ ।

न्यू सनराइज युवा क्लबका अध्यक्ष मुकेश कुमार चौधरीको सभापतित्वमा भएको प्रतियोगिता उद्घाटन कार्यक्रमका प्रमुख अतिथि भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरी रहनु भएको थियो । यस्तै विशिष्ट अतिथि भजनी -२ नम्बरका वडा अध्यक्ष दुर्गा पुन, अतिथिमा सुदुरपश्चिम क्लबका संस्थापक अध्यक्ष सुरेश हमाल रहनु भएको थियो ।

न्यू सनराइज युवा क्लबका सचिव शंकर बिकको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रममा विभिन्न सामाजिक तथा राजनीतिक व्यक्तिहरू, युवा क्लबका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

खेलकुद प्रतियोगिता भजनी नगरपालिका वडा नम्बर -२ को आर्थिक सहयोग तथा न्यू सनराइज युवा क्लब भजनी -२ रजवारा कैलालीको आयोजना सञ्चालन हुँदैछ । यस्तै आज भएको पहिलो चरणको खेलमा भजनी क्लब र काटनपुर क्लब बीच प्रतियोगिता भएको थियो जसमा भजनी क्लब भजनीले शून्यको विरुद्ध ५ गोल गरेको भजनी स्थित सहकर्मी पत्रकार खेमराज पाण्डेयले जानकारी दिनुभएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार