महिला टी–२० आई सिरिज; नेपालले पायो एक सय दुई रनको लक्ष्य

काठमाण्डौ । मलेसियामा जारी चार देश सम्मिलित महिला टी–२० आई सिरिजको उपाधिका लागि नेपालले एक सय दुई रनको लक्ष्य पाएको छ ।

बायोमास ओभलमा टस हारेर ब्याटिङ गरेको हङकङले नेपाललाई एक सय दुई  रनको लक्ष्य दिएको छ ।

हङकङले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय एक रन बनायो ।

हङकङकी यिङ चानले २९ रन बनाइन् । नेपालका लागि खुसी डंगोलले तीन, कविता जोशी तथा अस्मिना कर्माचार्यले एक/एक विकेट लिए ।

प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत सहभागी भएका थिए ।

यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारी स्वरुप नेपालले यो प्रतियोगिता खेलेको हो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार