प्रदेश सभा सदस्यका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट युवा नेता बटालाको नाम सिफारीस
२३, भाद्र २०७९ कैलाली । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि विभिन्न राजनैतिक दलहरुले उम्मेदवारीको नाम सिफारिस जरिरहेका छन । जस अनुसार कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्यमा नेकपा माओवादी केन्द्रले युवा नेता कमल बटालाको नाम पनि सिफारीस भएको छ । बटाला संगै अन्य तीन जनाको नाम पनि पार्टीले सिफारिस गरेको छ । बटाला नेकपा माओवादी केन्द्र पार्टीको करिब ३ दशक सक्रिय राजनितीक जीवन ब्यतित गरेका नेतामा पर्दछन । बि.स. २०५८ सालमा सदस्यता लगेर राजनितीमा होमिएका बटाला २०६२÷६३ को जनआन्दोलनमा पनि होमिएका थिए । उनले नेकपा माओवादी केन्द्रको जनबर्गिय संगठन…


















