एमाले कर्णाली प्रदेशको निर्णय; जिल्लाबाट आएका सिफारिस केन्द्रमा पठाउने

२३, भाद्र २०७९ सुर्खेत । मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमाले कर्णाली प्रदेशले जिल्लाबाट उम्मेदवार सिफारिस नाम केन्द्रमा पठाउने निर्णय गरेको छ ।

एमाले कर्णाली प्रदेश कमिटीले बुधबार हिजो भाद्र २१ र २२ गते वीरेन्द्रनगरमा बसेको बैठकले सो निर्णय गरेको हो ।

पार्टी प्रदेश कमिटीले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सन्दर्भमा जिल्लाहरूबाट प्राप्त प्रत्यक्ष र समानुपातिक तर्फका सिफारिसलाई पार्टी केन्द्रीय कार्यालयमा पठाउने निर्णय गरिएको हो ।

प्रदेश अध्यक्ष बिनोद कुमार शाहको संयोजकत्वमा ३ सय १४ सदस्यीय प्रदेश निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरेको छ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई प्रभावकारी रूपमा परिचालन गर्न उक्त कमिटी गठन गरिएको छ ।

यस्तै,  शाहकै संयोजकत्वमा २६ सदस्यीय सचिवालय गठन, आसन्न निर्वाचनमा पार्टीका सबै कमिटीहरूलाई तहगत निर्वाचन परिचालन कमिटी गठन गर्न निर्देशन दिने, पार्टीको प्रदेश, जिल्ला, प्रतिनिधिसभा, प्रदेशसभा, गाउँ-नगरपालिका, वडा र टोल गरी ७ तहका निर्वाचन परिचालन कमिटी गठन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार