(माओवादी केन्द्र) का अध्यक्ष ‘प्रचण्ड’ मंगलबार कैलाली आउदै

२०, भाद्र २०७९ कैलाली ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ कैलाली आउने भएका छन ।

नेकपा (माओवादी केन्द्र) सुदुरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नका लागि प्रचण्ड मंगलबार कैलालीको धनगढीमा आउन लागेका हुन् ।

प्रचण्डको साथमा पार्टी महासचिव देव गुरुङ, गंगा दाहाल, लगाएतका केन्द्रिय नेता कार्यकर्ताको टोली कैलाली आउने माओवादी केन्द्र प्रदेश कमिटीले जनाएको छ ।

प्रशिक्षण कार्यक्रममा प्रदेशका ९ वटै जिल्लाका स्थानीय नेता, कार्यकर्ताहरुको सहभागिता रहने छ ।

कार्यक्रममा आउदो मंसिर ४ गते हुनलागेको प्रदेश र संघ को निर्वाचन नेता कार्यक्रतालाई प्रशिक्षण गरिने भएको हो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार