
वाइसीएल नेपाल बर्दगोरियाको चौथो सम्मेलन सम्पन्न; अध्यक्षमा भक्त सदासंकर
कैलाली । नेकपा (माओवादी केन्द्र) को युवा संगठन वाइसीएल नेपाल बर्दगोरिया गाउँ कमिटीको चौथो सम्मेलन सम्पन्न भएको छ । बिहीवार बौनियामा सम्पन्न सम्मेलनले भक्त सदासंकरको नेतृत्वमा २५ सदस्यीय पालिका स्तरीय कमिटी चयन गरेको हो। कमिटीको अध्यक्षमा भक्त सदासंकर,उपाध्यक्षमा नेहा चौधरी ,रामनारण चौधरी र बल बहादुर सोव, सचिबमा ललित रसाइली ,कोषाध्यक्षमा राजु चौधरी र सह- सचिब प्रशुराम चौधरी लगाएत २५ सदस्य नयाँ कमिटी चयन गरेको हो । निवर्तमान अध्यक्ष अमित चौधरीको सभाध्यतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) सुदुरपश्चिम प्रदेश कमिटी सह-सचिब नन्द बहादुर साउद ,विशिस्ट अतिथिका रूपमा वाइसीएल नेपालका केन्द्रिय उपाध्यक्ष मिङ्मा देन्डु शेर्पा अतिथिमा नेकपा (माओवादी केन्द्र) सुदुरपश्चिम…