राजनीति

दुर्गा प्रसाईं फेरि पक्राउ

दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । 'राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल'का संयोजकसमेत रहेका प्रसाईंलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको हो । वीरगञ्जमा भोलि उनको अभियानको कार्यक्रम थियो । तर कार्यक्रमको पूर्वसन्ध्यामा प्रहरीले प्रसाईँलाई पक्राउ गरेको हो ।
पुरा पढ्नुहाेस्
तीन दलले गरे संसद् बैठक बहिष्कार

तीन दलले गरे संसद् बैठक बहिष्कार

काठमाडौँ । तीन दलले प्रतिनिधि सभा ((संसद्) बैठकमा बहिष्कार गरेका छन् ।   प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन थालेपछि विपक्षी पार्टीहरुले बैठक बहिष्कार गरेका हुन्।   नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरूले बैठक बहिष्कार गरेका हुन् ।      
पुरा पढ्नुहाेस्
एमालेले पनि गर्‍यो सदन बहिष्कारएमालेले पनि गर्‍यो सदन बहिष्कार

एमालेले पनि गर्‍यो सदन बहिष्कारएमालेले पनि गर्‍यो सदन बहिष्कार

काठमाडौं । नेकपा (एमाले) ले पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ । अवरोधका बीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीका तर्फबाट नीति तथा कार्यक्रममाथि उठेका जवाफ दिएपछि एमालेले पनि सदन बहिष्कार गरेको हो ।   त्यसअघि नेकपा, श्रम संस्कृति र राप्रपाका सांसद बैठक छाडेर हिँडेका थिए ।     बैठकमा कांग्रेसका सांसद उभिरहेका छन् । अहिले सांसदको संशोधन निणयार्थ पेस भइरहेको छ ।  
पुरा पढ्नुहाेस्
सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने

सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने

 काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सुरु हुने संसद् सचिवालयको कार्यसूचीमा उल्लेख छ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ ।  बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल हुनेछ । आजै नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्रीले जवाफ दिने कार्यसूचीमा उल्लेख छ । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३–०८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
पुरा पढ्नुहाेस्
मङ्सिर दोस्रो हप्ता नेकपाको महाधिवेशन, जेठ मसान्तभित्र एकताको काम सक्ने

मङ्सिर दोस्रो हप्ता नेकपाको महाधिवेशन, जेठ मसान्तभित्र एकताको काम सक्ने

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जेठ मसान्तसम्म एकता प्रक्रियामा जोडिएका सबै घटकसँग एकीकरण र समायोजनको काम सक्ने भएको छ ।     एकीकरण र समायोजन काम सकिएसँगै सङ्गठन सुदृढीकरण र शुद्धीकरण अभियान चलाइने र पार्टीका नेता तथा कार्यकर्ताहरूको कार्यशैली, जीवनशैली र आचरण सुधारका लागि पहल अगाडि बढाइने नेकपाको अन्तरपार्टी निर्देशन (अपानी)–३ मा उल्लेख छ । यस्तै एकता महाधिवेशन आगामी मङ्सिरको दोस्रो हप्ता एकता महाधिवेशन गर्ने भनिएको छ ।     ‘आजको वस्तुगत परिस्थितिमा आम जनतासँग घनिष्ट रूपमा जोडिएको कान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको वैचारिक, राजनीतिक, साङ्गठनिक तथा सांस्कृतिक स्पष्टतासहित आगामी मङ्सिरको दोस्रो हप्तामा पार्टीको एकता महाधिवेशन सम्पन्न गरिने छ’,…
पुरा पढ्नुहाेस्
रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा_ को सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेले पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।   बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा र महाधिवेशन कार्यविधि २०८३ सम्बन्धमा छलफल हुने बताइएको छ ।   साथै संसदीय दलको विधान संशोधन तथा समसामयिक विषयममा छलफल हुने प्रवक्ता झाले जानकारी दिए ।  
पुरा पढ्नुहाेस्
कांग्रेसका सभापति गगन थापाः पुरानो हुनु भनेको खराब हो भन्ने भाष्य समाजका लागि खतरनाक

कांग्रेसका सभापति गगन थापाः पुरानो हुनु भनेको खराब हो भन्ने भाष्य समाजका लागि खतरनाक

काठमाडौँ । पछिल्लो समय समाजमा ुपुरानो हुनु भनेको खराब र थोत्रो हुनु होु भन्ने भाष्य जबरजस्त रूपमा स्थापित गर्न खोजिएको भन्दै नेपाली कांग्रेसका सभापति गगन थापाले चिन्ता व्यक्त गरेका छन्।   शनिबार काठमाडौँमा आयोजित ‘खनियाबास विद्रोहका नायक दामन पाख्रिन’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्। थापाले जे पुरानो छ त्यो थोत्रो र जे नयाँ छ त्यो असलु भन्ने तर्क हेर्दा सरल र आकर्षक देखिए पनि यो निकै खतरनाक रहेको बताए। उनले भने, ूसमाजमा कुनै पनि कुरा जेठो वा पुरानो हुनु भनेको खराब हो भन्ने भाष्य निर्माण गरिँदै छ। यदि सिङ्गो समाजले नै यो कुरा ग्रहण गर्न…
पुरा पढ्नुहाेस्
काठमाडौँमा नेकपाले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म महाधिवेशन गर्ने

काठमाडौँमा नेकपाले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म महाधिवेशन गर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने घोषणा गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवशेन गर्ने निर्णय गरेको हो।   आगामी साउन मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा सदस्यता विस्तार अभियान सञ्चालन गर्ने, भदौ १५ गतेसम्म वडा, भदौ १६ देखि मसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला र कात्तिक १५ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।   आगामी जेठ मसान्तभित्र केन्द्र, प्रदेश, जिल्ला, स्थानीय पालिका, वडा तथा टोल तहसम्मका सङ्गठनात्मक र पार्टी तथा जनवर्गीयरमोर्चा…
पुरा पढ्नुहाेस्
नेकपा संयोजन समितिको बैठक आज बस्दै

नेकपा संयोजन समितिको बैठक आज बस्दै

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक आज (सोमबार) बस्दै छ ।   पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने यस बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह(संयोजक माधव कुमार नेपालले तयार पारेको विशेष निर्णय प्रस्ताव पेस हुने कार्यक्रम रहेको छ ।   नेता प्रकाश ज्वालाका अनुसार आजको बैठकले नेताहरूको कार्य विभाजन, विभागीय जिम्मेवारी तथा सचिवालय र केन्द्रीय कार्य समितिलाई पूर्णता दिने विषयमा ठोस निर्णय लिने सम्भावना रहेको छ ।   बैठकमा चुनावी समीक्षा प्रतिवेदनको अनुमोदन र सांगठनिक जिम्मेवारीको बाँडफाँट लगायतका प्रस्ताव आउन सक्ने ज्वालाले बताए । यसअघि वैशाख ३ गतेको बैठकमा उठेका प्रश्नहरूको जवाफ…
पुरा पढ्नुहाेस्
संसदीय दलको नेता चयन र नेताहरूमाथिको स्पष्टीकरणबारे निर्णय लिन नेपाली कांग्रेसले आज तिन वटा छुट्टाछुट्टै बैठकहरू बोलायो

संसदीय दलको नेता चयन र नेताहरूमाथिको स्पष्टीकरणबारे निर्णय लिन नेपाली कांग्रेसले आज तिन वटा छुट्टाछुट्टै बैठकहरू बोलायो

काठमाडौँ । नेपाली कांग्रेसमा संसदीय दलको नेता चयन र पार्टीभित्रको अनुशासनको विषयलाई लिएर आज (सोमबार) दिनभरि नै बैठकहरूको चटारो हुने भएको छ । दलको नेता चयनमा देखिएको रस्साकस्सी र उजुरी परेका नेताहरूमाथिको स्पष्टीकरणबारे निर्णय लिन कांग्रेसले आजै तीन वटा छुट्टाछुट्टै बैठकहरू बोलाएको हो ।   संसदीय दलको नेता चयनको विषय पेचिलो बनिरहेका बेला बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । उक्त बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र त्यहीँबाट नाम टुङ्ग्याउने तयारी गरिएको छ ।   कार्यसम्पादन समितिको लगत्तै दिउँसो १ बजे संसदीय दलको बैठक बस्नेछ । निर्वाचन समितिका संयोजक…
पुरा पढ्नुहाेस्