नेकपा (माओवादी केन्द्र) घोडाघोडीले गर्‍यो निर्वाचनका लागि उम्मेदवारको सिफारिस

२२, भाद्र २०७९ कैलाली । नेकपा (माओवादी केन्द्र) ले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागी क्षेत्र नम्बर ३(२) बाट आगामी प्रतिनिधि सभा तथा प्रदेस सभा निर्वाचनका लागि उम्मेदवारहरु सिफारिस गरिएको छ ।

बुधबार सुखडमा बसेको घोडाघोडी नगर कमिटिको पुर्ण बैठकले प्रतिनिधि सभामा क्षेत्र नम्बर ३ का लागि उम्मेदवारीहरुको नाम सिफारिस गरेको हो ।

जसमा रघुनाथ चौधरी र दुर्ग अधिकारी”उदगम” तथा लक्ष्मी प्रसाद भट्टराई को नाम सिफारिस गरेको छ । त्यस्तै प्रतिनिधिसभा समानुपातिक तर्फ मणिप्रसाद चौलागाईं ,दन्त बिश्वकर्मा,प्रकाश मिश्र र राजु बिकको नाम सिफारिस गरेको हो ।

बैठकले क्षेत्र नम्बर ३ प्रदेस सभा २ को प्रत्यक्ष तर्फ खगेन्द्र हमाल, गौरी जोशी र लक्ष्मण चौधरी”सुयोग” को नाम पनि सिफारिस गरेको छ । त्यस्तै प्रदेससभा तर्फ समानुपातिकका लागि पुस्कल बहादुर बम ,दुर्गा चलाउने खडका र नैन बहादुर चौधरी”बिबेक”को नाम सिफारिस गरेको नगर कमिटी उपाध्यक्ष बिनोद बिकले जानकारी दिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार