नेकपा (माओवादी केन्द्र) जानकी गाउँ कमिटी द्धारा उम्मेदवारीको नाम सिफारिस

२३ भाद्र २०७९, कैलाली । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) जानकी गाउँपालिका पार्टी कमिटीले उम्मेदवारीको नाम सिफारिस गरेको छ ।

जानकी गाउँपालिका गाउँ कमिटी अध्यक्ष ज्ञान बहादुर कँवर (सौरभ) को अध्यक्षतामा बसेको पार्टी पदाधिकारीको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक तर्फका लागि उम्मेदवार सिफारिस गरेको हो ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ
भगत बडुवाल (मुक्ति), नन्द बहादुर साउद (राजेन्द्र) को नाम सिफारिस गरेको छ ।

निर्वाचन क्षेत्र प्रदेश तर्फ प्रत्यक्ष बाट
कृष्ण सोडारी को नाम सिफारिस गरिएको छ ।

निर्वाचन क्षेत्र प्रदेश तर्फ समानुपातिक बाट
राम कृष्ण थारु (गणेश), प्रेम विसी (प्रसान्त) दलित, टेक बहादुर टमट्टा को नाम सिफारिस गरिएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार