पत्रकार लिलाराज शाहीको नाम समानुपातिकमा सिफारिस

२३, भाद्र २०७९ कैलाली । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर २ बाट नेकपा एमाले बाट प्रतिनिधि सभा समानुपातिकमा लिलाराज शाहिलाइ सिफारिस गरिएको छ ।

एमाले निकट पत्रका ंसंगठन प्रेस चौतारी नेपालका केन्द्रिय लेखा आयोग सदस्य शाहिको नाम पार्टीले प्रतिनिधि सभा समानुपातिकमा सिफारीस गरेको हो ।

शाहिको पृष्ठभुमी
शाही हाल कैलालीको बर्दगोरिया गाउँपालिका मा रहेको गाउँवस्तीको समावेशी आवाज कोसेली एफ.एम ९७ मेगाहर्जका प्रवन्धक निर्देशकमा कार्यरत रहेका छन । शाही विगत करिक दुई दशक देखि पत्रकारीता पेशामा कार्यरत रहेका छन ।

उनी २०४७ साल जेष्ठ २ गते नेकपा एमालेको साधारण सदस्यता प्राप्त गरेका शाही बिगत ३३ बर्ष देखि निरन्तर पार्टीमा सक्रिय हुनुहुन्छ । ५० वर्षिया शाहिले साबिक सुगरखाल गाउँ बिकास समितिको वडा नम्बर ६ को वडा कमिटी र गाउँ कमिटी सदस्य भएर पार्टीको संगठन बिस्तार गरेका हुन । २०५५ सालदेखि संगठित सदस्य शाही २०६२÷०६३ सालमा साबिक चुहा गाउँ कमिटीको सदस्य हुँदै २०६३ सालमा कार्यवाहक गाउँकमिटी सचीवको जिम्मेवारीमा रहि पार्टीको संगठन बिस्तार गरेका हुन ।

उनी २०५५/०५६मा सुनपाल प्राथमिक बिधालय मोहन्याल ३ सावा र २०५८/०५९मा सरस्वती प्राथमिक बिद्यालय मोहन्याल ६ सेतिखोर र २०६२ देखि २०७१ सम्म कृष्ण आधारभुत बिधालय लम्किचुहा ६ बागमारा कैलालीमा शिक्षण पेशामा आवद्ध रहेका थिए थियो । २०६२ सालबाट पत्रकारीता क्षेत्रमा आबद्ध भए पछि २०६४ सालमा प्रेस चौतारीको साधारण सदस्यबाट जिल्ला कमिटी सदस्य, २०६७ मा जिल्ला कमिटी सचिव २०६८ मा सेती अञ्चल समन्वय समिति सदस्य प्रदेश कमिटी सदस्य, केन्द्रिय सदस्य र हाल केन्द्रिय लेखा आयोग सदस्य हुनु ।

शाही करिब १ दशक पूर्ण रुपमा पत्रकारीता क्षेत्रमा आवद्ध भई पत्रकारीता गर्दै आएका हुन । उनी नेपाल पत्रकार महासंघ कैलाली शाखा कार्यसमिति सदस्य नेपाल पत्रकार महासंघको प्रदेश सभासद र बौनिया जेसीजको सस्थापक अध्यक्ष समेत हुन । शाहीले आफ्नो पत्रकारिता मार्फत समाज परिवर्तन र पार्टी र संघसंगठन बिस्तार मा अतुलनीय योगदान रहेको छ। शाहिले समाज र पार्टीको संघसंगठन बिस्तारमा कलम चलाउदै आएका छन ।

उनको यो अमुल्य योगदानको कदर गर्दै नेकपा एमाले जिल्ला कमिटी कैलालीले प्रतिनिधि सभा तर्फ समानुपातिकमा केन्द्रिय कमिटीलाई सिफारिस गरिएको जिल्ला कमिटी सचीव डेजि पान्डेले जानकारी दिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार