प्रदेश सभा सदस्यका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट युवा नेता बटालाको नाम सिफारीस

२३, भाद्र २०७९ कैलाली । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि विभिन्न राजनैतिक दलहरुले उम्मेदवारीको नाम सिफारिस जरिरहेका छन ।

जस अनुसार कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्यमा नेकपा माओवादी केन्द्रले युवा नेता कमल बटालाको नाम पनि सिफारीस भएको छ ।

बटाला संगै अन्य तीन जनाको नाम पनि पार्टीले सिफारिस गरेको छ । बटाला नेकपा माओवादी केन्द्र पार्टीको करिब ३ दशक सक्रिय राजनितीक जीवन ब्यतित गरेका नेतामा पर्दछन । बि.स. २०५८ सालमा सदस्यता लगेर राजनितीमा होमिएका बटाला २०६२÷६३ को जनआन्दोलनमा पनि होमिएका थिए ।

उनले नेकपा माओवादी केन्द्रको जनबर्गिय संगठन थ्ऋी नेपालको नेतृत्व पार्टीको राजनितिमा नेकपा हुँदाको समयमा मोहन्याल गाउँकमिटी सह ईन्चार्ज, नेकपा विभाजन पछि नेकपा माओवादी केन्द्रको प्रदेस कमिटी सदस्यको जिम्मेवारी समेत सम्हालि सकेका छन । उनी नेता कार्यकर्ता सामु निकै लोक प्रियता कमाएका नेता हुन् ।

उनी पार्टीको राजनिति सँगै सामाजिक कार्यमा पनि सकृय भुमिकामा रहेका छन । बटाला सामाजिक कार्यमा पनि सकृय भएकै कारण उनी समाजका एक पृय तथा विश्वासीलो पात्रका रुपमा चिनिन्छन । उनी युवाहरु माझ पनि लोक प्रीय युवा नेताका रुपमा पनि परिचित छन ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार