बर्दगोरियामा मनाईयो ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
२७, पौष, बर्दगोरिया । पृथ्वीनारायण शाहको जन्म जयन्तीका अवसरमा बुधबार बर्दगोरिया गाउपालिकामा पनि विभिन्न कार्यक्रम गरि मनाईदै छ । बडामहाराजधिराज पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माताका रुपमा लिने गरिएको छ । उनको जन्म सन् १७७९ मा भएको थियो भने मृत्यु सन् १८३१ मा भएको थियो । उनले स-साना बाईसे तथा चौबिसे राज्यहरुलाई एकीकरण गरेर नेपाल निर्माणको कामलाई शुरुवात गरेका थिए । यसै अवसरमा कैलालीको बर्दगोरिया गाउपालिकामा रहेको नोबेल माध्यामिक बिधालयले र्याली सहित एकता दिवस मनाएको छ । बिधालय प्राङ्गण बाट निस्किएको र्याली बौनिया बजार परिक्रमा गरि कोण सभामा परिणत भएको थियो । प्ले कार्ड सहित र्यालिमा निस्केका बिद्यार्थीहरुले ३०१ औ राष्ट्रिय एकता…















