श्री पारस आधारभूत र लक्ष्मी आधारभूत बिधालयको बिधालय व्यवस्थापन समिति गठन

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेको श्री पारस आधारभूत बिद्यालयको बिधालय व्यवस्थापन समिति गठन गरिएको छ ।

शुक्रबार बिधालय व्यवस्थापन समितीका ज्येष्ठ सदस्य जंजिराम डगौराको अध्यक्षतामा भएको बैठक बाट नयाँ बिद्यालय व्यवस्थापन समिति गठन गरिएको हो ।

जस अनुसार अमित कुमार कठरिया को अध्यक्षतामा नयाँ बिद्यालय व्यवस्थापन समितिको गठन गरिएको हो ।

यस्तै आज नै वडा नम्बर ६ कै श्री लक्ष्मी आधारभूत बिधालयको पनि बिधालय व्यवस्थापन समिती गठन गरिएको हो ।

बिधालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य सतिश कठरियाको अध्यक्षतामा बसेको बैठक ले नयाँ बिधालय व्यवस्थापन समिती गठन गरेको हो ।

जस अनुसार बिरेन्द्र कठरिया अध्यक्षता मा नयाँ बिद्यालय व्यवस्थापन समितिको गठन गरिएको हो ।

दुबै बिद्यालय व्यवस्थापन समितिको कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु रहेका थिए । कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै अध्यक्ष थारुले नव निर्वाचित अध्यक्ष लगाएत सम्पुर्ण टिमलाई बधाई दिदै सबैजनाले आआफ्नो क्षेत्र बाट बिधालयको स्तर उन्नति मजबुत गराउन तर्फ लाग्न आग्रह गरेका हुन ।

सोही क्रममा उनले बिद्यालय व्यवस्थापन समितिको हातमा सम्पुर्ण बिधालय र बिद्यार्थीको भविस्य रहको हुँदा बिधालय ब्यवस्थापन समितिले निस्वार्थ पुर्ण बिद्यालयको आर्थिक, भौतिक अवस्थालाई थप मजबुत बनाउदै गुणस्तरीय शिक्षामा समेत आफ्नो अमुल्य भुमिका मा रही शिक्षा दिनु पर्ने बताए । यस्तै पछिल्लो समय बिधालयका शिक्षक, शिक्षिकाहरुका बालबालिका हरु भने निजी बिद्यालयमा पठनपाठन गरेको पाइएको हुँदा उक्त कार्य नगरि आफुले अध्यापन गराउदै आएको बिधालयमा अनिवार्य रुपमा आफ्ना बालबालिका भर्ना गरि गुणस्तरीय शिक्षा दिन समेत सम्पुर्ण शिक्षाक, शिक्षिकाहरु अनुरोध गरे ।

साथै गुणस्तरीय शिक्षा दिनको लागि आफ्नो वडा तथा गाउँपालिका सरकार सधै सकारात्मक रहेको बताए ।

यस्तै कार्यक्रममा शिक्षा शाखाको तर्फ बाट बर्दगोरिया गाउँपालिका शिक्षा शाखा प्रमुख निरिक नन्दन लाल कर्ण रहेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार