महिला जागरण केन्द्र नेपालले भव्य रुपमा मनायो ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (तस्बिर)

कैलाली । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस महिला जागरण केन्द्र नेपाल लम्की चुहा नगरपालिका ६ ले एक भव्य कार्यक्रमका साथ मनाएको छ ।

हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । जस अनुसार आज महिला जागरण केन्द्र नेपाल लम्की चुहा नगरपालिका ६ को आयोजनामा उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको हो ।

महिला जागरण केन्द्र नेपालका अध्यक्ष बिष्ना बिसि को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ६ का वडा अध्यक्ष लोकेन्द्र कठायत रहेका थिए ।
कार्यक्रम प्रमुख अतिथिको आसन बाट बोल्दै अध्यक्ष कठायतले आफुले आफ्नो वडामा महिला अधिकारको निम्ति हुने सम्पुर्ण कार्यक्रममा सकेजति सहयोग गर्ने बताए ।

यस्तै कार्यक्रममा बिशिस्ट अतिथि लम्की चुहा नगरपालिका कार्यपालिका सदस्य दिपा रावत रहेकी थिइन ।

कार्यक्रममा बाजुराकी चर्चित देउडा गायिका चरिता शाहि, देउडा गायक देवी लाल खत्री, नेत्र खड्का लगाएका कलाकारहरूको पनि बेजोड देउडा प्रस्तुति रहेको छ ।
यस्तै सोही कार्यक्रममा कार्यक्रम सफल पार्न सहयोग गर्ने सहयोग संघ संस्थाहरुलाई पनि सम्मान गरिएको थियो ।

यस्तै पत्रकारिता क्षेत्र बाट सहयोग गरेको भन्दै पत्रकार भिम बिसी र चन्द्र खनाल लाई पनि प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार