किसान बहुउद्देश्यीय सहकारी बौनिया शाखाको केन्द्र प्रमुखहरुको भेला बौनियामा सम्पन्न
बर्दगोरिया । कैलालीको बर्दगोरिया २ सडकपुर बौनियामा किसान बहुउद्देश्यीय सहकारी संस्था बौनिया शाखाको केन्द्र प्रमुखहरुको भेला शुक्रबार सम्पन्न भएको छ । संचालक समितिका सदस्य शिव बहादुर स्वारको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउपालिकाका अध्यक्ष कर्ण कुँवर रहनु भएको थियो । बौनिया शाखाकि लेखा मिना अधिकारीको स्वागत मनतब्य संगै सुरु भएको कार्यक्रममा, बर्दगोरिया गाउपालिका वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द बिक ,कार्यपालिका सदस्य सरस्वती बिक ,कोसेली एफएमका प्रबन्ध निर्देशक लिलाजङ्ग शाही ,बौनिया बजार ब्यबस्थापन समितिका अध्यक्ष अमर बहादुर बम ,बौनिया जेसीज बर्ष २०२३ का अध्यक्ष चक्र बहादुर शाही लेखा सुपरिवेक्षण समितिका संयोजक नृप बहादुर कुँवर लगायतले शुभकामना मन्तव्य राख्नु…
















