शिक्षा

बर्दगोरियाको एसइई परीक्षाको नतिजा, श्री महुन्याल मा.वि.का अर्जुन आचार्य बने जिल्ला स्तरको नतिजामा तेस्रो

बर्दगोरियाको एसइई परीक्षाको नतिजा, श्री महुन्याल मा.वि.का अर्जुन आचार्य बने जिल्ला स्तरको नतिजामा तेस्रो

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाबाट २०७९ को एसइई परीक्षामा सहभागी ९ जना विद्यार्थीले ए प्लस ल्याउन सफल भएका छन । उनीहरुले राष्ट्रिय परिक्षा बोर्डको ग्रेडिङ नतिजा प्रणाली अनुसार (३.६ देखि ४ जिपिए) भित्र आफ्नो नतिजा पार्दै ए प्लस ल्याउन सफल भएका हुन । यस्तै, २९ जना विद्यार्थी ए ग्रेड (३.२ देखि ३.६ जिपिए), ७१ जनाले बि प्लस (२.८ देखी ३.२ जिपिए) र ९६ जना बि ग्रेड (२.४ देखि २.८ जिपिए) ल्याइ उत्तीर्ण भएका छन् । यस्तै १ सय ५३ जनाले सी प्लस (२.० देखी २.४ जिपिए), १ सय ३७ जना सी ग्रेड (१.६ देखि २.० जिपिए), ६४ जनाले डी प्लस (१.२…
पुरा पढ्नुहाेस्
एसईई को पूरक तथा ग्रेडवृद्धि परिक्षाको मिति तय

एसईई को पूरक तथा ग्रेडवृद्धि परिक्षाको मिति तय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक ( ग्रेडवृद्धि ) मिति तय गरेको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एक सूचना जारी गर्दै पूरक परीक्षाको मिति साउन २६ र २७ गतेको लागि तय गरेको जानकारी दिएको हो । अन्तिम ग्रेड सी वा सी भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन्। बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि पूरक परीक्षा दिने पाउने बोर्डले जनाएको छ। ग्रेडवृद्धिका लागि साउन २१ गतेभित्र फारम भरेर विद्यालयबाट शिक्षा विकास तथा समन्वय ईकाइमा पेस गर्नुपर्नेछ। परीक्षा रद्द भएका परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छैनन्। एक विषयको मात्र…
पुरा पढ्नुहाेस्
एसईईको नतिजा आज सार्वजनिक हुँदै; कसरी हेर्ने नतिजा ?

एसईईको नतिजा आज सार्वजनिक हुँदै; कसरी हेर्ने नतिजा ?

रासस २१ असार, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्‍याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । परीक्षा नियन्त्रणा कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले उत्तरपुस्तिका परीक्षणको काम सकिएपछि प्राविधिक काम पनि करिब सम्पन्न भइसकेको, नम्बर कम्प्युटरमा चढाउने, सम्परीक्षण गर्ने, रुजु गर्नेलगायतका प्राविधिक कार्य भइसकेको जानकारी दिए । उनले भने, ‘एसईईको नतिजा आज साँझसम्ममा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेका छौँ, प्राविधिक समस्या नआए आजै नतिजा सार्वजनिक हुन्छ । प्राविधिक समस्या आए मात्रै भोलि पुग्ने हो…
पुरा पढ्नुहाेस्

एसईई काे नतिजा पुरानै ग्रेडिङ पद्धति अनुसार सार्वजनिक हुने

काठमाडौँ । माध्यमिक शिक्षा परिक्षा कक्षा १० को नतिजा पुरानै ग्रेडिङ पद्धति अनुसार सार्वजनिक गरिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत वर्ष अनुसार नै यस वर्ष पनि नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो। बोर्डले यस पटकका लागि पुरानो निर्देशिकाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । बोर्डले २०७९ को कक्षा १० को नतिजा शुक्रबारभित्रमा सार्वजनिक गर्ने तयारी गरेको छ। लेटर ग्रेडिङ अनुसार सबै विषयमा ३५ प्रतिशत नतिजा नआउने विद्यार्थीको नन ग्रेडेड हुने भन्ने छ। तर, बोर्डले यो वर्ष उक्त निर्णय कार्यान्वयन नगर्ने भएको हो।
पुरा पढ्नुहाेस्
नव बालबाटिका बिद्या मन्दिरका विद्यार्थीले मनाए भव्य रुपमा गुरु पुर्णिामा

नव बालबाटिका बिद्या मन्दिरका विद्यार्थीले मनाए भव्य रुपमा गुरु पुर्णिामा

बर्दगोरिया । आज गुरु पूर्णिमा पर्व । बर्दगोरिया गाउँपालिका वडा नम्बर २ स्थित नव बालबाटिका बिद्या मन्दिर एक औपचारिक कार्यक्रमको आयोजना गर्दै शुभकामना आदानप्रदान गरि मनाएको छ । नव बालबाटिका बिद्या मन्दिरका विद्यार्थी रोहन साउदको अध्यक्षतामा उक्त गुरु पुर्णिामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्ट रहनु भएको थियो । यस्तै विशिष्ट अतिथि बिधालयका सस्थापक प्रमोद मल्ल रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्टले गुरु पुर्णिामा को अवसर पारी शिक्षक तथा गुरु प्रति विध्यार्थिहरुले गरेको सम्मान प्रति आफु खुसी भएको बताउनु भयो…
पुरा पढ्नुहाेस्
श्री भैरवमाला राष्ट्रिय मा.वि सुगरखालको वि.व्य.स. अध्यक्षमा जैसी सर्वसम्मत चयन

श्री भैरवमाला राष्ट्रिय मा.वि सुगरखालको वि.व्य.स. अध्यक्षमा जैसी सर्वसम्मत चयन

बाैनिया/ कैलालीको मोहन्याल गाउँपालिका  वडा नम्बर ३ सुगरखाल  स्थित श्री भैरवमाला राष्ट्रिय माध्यमिक विद्यालय सुगरखालको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सुरेन्द्र प्रशाद जैसी सर्वसम्मत चयन भएका छन। आइतबार विद्यालयका जेष्ठ सदस्य कर्णकला देवकोटाको अध्यक्षता बसेको बैठकले जैशीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । जस्को सदस्यहरुमा लक्ष्मी देवि देवकोटा, देविराम जैसी, कर्णकला देवकोटा र मनोनीत सदस्यहरुमा, रविलाल देवकोटा र दुधसरा देवि जैसी रहेका छ्न । जेष्ठ १९ गते जेष्ठ सदस्य सर्पनन्द चौलागाईंको अध्यक्षतामा बसेको अभिभावक भेलाले साविक सुगरखाल गाउँ बिकास समिती वडा नम्बर ३,४,५ र ६ वडा १/१ जना सहित निर्वाचित ४ जना सदस्य निर्वाचित गरेको थियो । शिक्षक प्रतिनिधि र वडा बाट…
पुरा पढ्नुहाेस्

जोशिपुर गाउँपालिकाले दियो १३ दिन गर्मी बिदा

बर्दगोरिया । कैलालीको जोशिपुर गाउपालिका भित्रका विद्यालयमा १३ दिनका लागि गर्मी बिदा दिइएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै असार ३ गते देखि असार १५ गते सम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। गाउँपालिकाले एक सुचना जारी गर्दै गर्मीयाम लागेसंगै तापक्रम अत्याधिक वृद्धि भइ विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने सम्भावना भएकाले वर्षे बिदाबाट मिलान हुने गरी गर्मी बिदा दिइएको उल्लेख गरेको छ । पालिकाले जोशिपुर गाउबासीहरुमा गर्मी र लु बाट बच्न सावधानी अपनाउन अनुरोध गरेको छ । तराइका जिल्लामा अत्याधिक गर्मी बढेपछि पछिल्लो समय विद्यालयले धमाधम बिदा दिन थालेका छन्।
पुरा पढ्नुहाेस्

अत्याधिक गर्मी; बर्दगोरियाका शैक्षिक संस्था ४ दिनका लागि बन्द

बर्दगोरिया । अत्याधिक गर्मी बढेसङ्गै कैलालीको बर्दगोरिया गाउँपालिकाका शैक्षिक संस्था ४ दिनका लागि बन्द रहने भएका छन । पछिल्लो समय दिनप्रतिदिन बढ्दै गएको गर्मीलाई मध्यनजर गर्दै पालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय ४ दिनका लागि बन्द रहने भएका हुन । आज गाउँपालिकाले एक सुचना सार्वजनिक गर्दै हिउदे बिदा बाट कटौती हुने गरि भोलि सोमबार २९ गते देखि ३२ गते सम्मका लागि सम्पुर्ण शैक्षिक संस्था बन्द रहने व्यहोरा जानकारी दिएको हो । शैक्षिक संस्था बन्द रहेपनि दादुरा रुबेला खोप मा भने तोकिएकै शैक्षिक संस्था बाट दिने बताए छ । बाकी सूचना
पुरा पढ्नुहाेस्
मेडिकल बिश्वबिधालय माग सहितको आम हड्तालमा युुवा संघको साथ

मेडिकल बिश्वबिधालय माग सहितको आम हड्तालमा युुवा संघको साथ

जेठ २८ कैलालीको गेटमा सहिद दशरथचन्द राष्ट्रिय बिज्ञान बिश्वबिधालय स्थापनाकाे माग सहित आइतबार शुदुरपश्चिममा भएको आम हड्तालमा राष्ट्रिय युवा संघ नेपालले एकेबद्धता जनाएको छ । आइतबारकाे आम हड्ताललाई सफल पार्न कैलालीको बर्दगाेरिया गाउपालिकामा रहेको राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरिया गाउँ कमिटीले आफ्नो पालिका क्षेत्र भित्र रहेको बाैनिया र मुडा बजार क्षेत्रमा रहेका व्यापारिक पसल हरु बन्द गरायकाे थियो । साे क्रममा राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरियाले बाैनिया र मुडा बजार क्षेत्रमा केही बेर यातायातका साधन सञ्चालनमा समेत अबरोध गरेको थियो । साे अवसरमा राष्ट्रिय युवा संघ नेपाल कैलाली जिल्ला सदस्य दिपक गाैतम, नेकपा एमाले बर्दगाेरिया गाउपालिका वडा नम्बर ५ का…
पुरा पढ्नुहाेस्
नवलपुर बालबाटिका बिद्या मन्दिरको युवा रेडक्रस सर्कल गठन

नवलपुर बालबाटिका बिद्या मन्दिरको युवा रेडक्रस सर्कल गठन

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा अवस्थित नवलपुर बालबाटिक बिद्या मन्दिरमा युवा रेडक्रस सर्कल गठन गरिएको छ । विद्यार्थीहरुलाई पढाई सङ्गै अतिरिक्त क्रियाकलाप र मानव सेवामा समेत प्रेरित गर्ने उद्देश्यका साथ युवा रेडक्रस सर्कल गठन गरिएको बिधालयका संस्थापक प्रमोद मल्लले बताए । बालबालिकाहरु बिधालयको समय भन्दा अन्य समयमा नकारात्मक कार्यमा संलग्न नहुन र उक्त समय मानव सेवामा खर्च गरुन भन्दै समिति गठन गरेको संस्थापक मल्लले बताए । जसको अध्यक्षमा बिस्णा जैशी , उपाध्यक्षमा रोहन साउद , सचिवमा आचल कुमारी हमाल , कोषाध्यक्षमा दिपक बि।क, उपसचिवमा स्वपनिल कुँवर, सह कोषाध्यक्षमा खुस्बु मल्ल सहित गरि ११ सदस्यीय कमिटी गठन गरिएको…
पुरा पढ्नुहाेस्