नव बालबाटिका बिद्या मन्दिरका विद्यार्थीले मनाए भव्य रुपमा गुरु पुर्णिामा

बर्दगोरिया । आज गुरु पूर्णिमा पर्व । बर्दगोरिया गाउँपालिका वडा नम्बर २ स्थित नव बालबाटिका बिद्या मन्दिर एक औपचारिक कार्यक्रमको आयोजना गर्दै शुभकामना आदानप्रदान गरि मनाएको छ ।

नव बालबाटिका बिद्या मन्दिरका विद्यार्थी रोहन साउदको अध्यक्षतामा उक्त गुरु पुर्णिामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्ट रहनु भएको थियो । यस्तै विशिष्ट अतिथि बिधालयका सस्थापक प्रमोद मल्ल रहनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्टले गुरु पुर्णिामा को अवसर पारी शिक्षक तथा गुरु प्रति विध्यार्थिहरुले गरेको सम्मान प्रति आफु खुसी भएको बताउनु भयो । उहाँले भन्नुभयो – आज पुन: मलाई ति मेरा आदरणीय गुरुहरुको सम्झना आयो, आज ति गुरुहरुकै कारण शिक्षा शाखाको प्रमुख पदमा रही शिक्षा क्षेत्र बाट देशको सेवा गर्ने अवसर मिल्यो । जसरी मलाई मेरा गुरु हरुले दिएको ज्ञान सिपकाे आधारमा देशको सेवा गर्ने अवसर मिल्यो त्यसरी नै तपाईंहरुलाई पनि विभिन्न माध्यमबाट देशको सेवा गर्ने अवसर मिलोस जस्ले गर्दा तपाईंहरुका गुरुको पनि शिर उच्च स्थरमा रहिरहोस ।

यस्ता शिक्षा शाखाले आगामी दिनमा यस्ता कार्यक्रम लाइ शाखागत रुपमा समेट्ने बताउनुभयो ।

यस्तै उहाँले भन्नुभयो- जसरी आज गुरु पुर्णिामाको अवसरमा तपाईंहरुले आफ्ना गुरुहरुको सम्मान गर्नु भयो त्यसरी नै गुरुहरुले पनि आफ्नो कर्तव्य पुरा गर्नु हुने छ । तर यसलाई देखावटी पन भन्दा नि व्यवहारीक रुपमा लागु गर्दै गाउँ, समाज तथा देशको उच्च स्तरमा पुग्न कडा मिहेनत गर्न अनुरोध गर्नुभयो ।

सोही अवसरमा विशिष्ट अतिथिको आसनबाट बोल्दै बिद्यालयका संस्थापक प्रमोद मल्लले गुरु पुर्णिामाको अवसर पारी बिध्यार्थिले गरेको सम्मान प्रति आफुहरु गदगद भएको बताउनु भयो । यो सम्मानले गुरुहरु प्रतिको मान मर्यादालाई थप उच्च शिखरमा पुर्‍याउनुका साथै आफुहरुको पेशालाई थप जिम्मेवारी बन्ने प्रेणा दिएको बताउनु भयो । उहाँले भन्नु भयो- गुरु भनेको एक भगवानको स्वरुप हुने हुँदा निस्वार्थ पुर्ण शिक्षा दिने कार्यलाई निरन्तरता दिन सहभागी आफ्ना सहकर्मी शिक्षक शिक्षाकाहरुलाई अनुरोध गर्नु भयो ।

कार्यक्रममा विद्यार्थीहरुले विद्यालयका शिक्षक-शिक्षिका लाई टिका, दोसल्ला, मायाको चिनो दिदै सम्मान गरेका थिए । उनीहरुले गुरु बिना आफुहरु अर्थ बिनाको मानिस हुने भएकोले गुरुको अत्यावश्यक हुने बताए । गुरुले दिएको ज्ञान सीपको आधारमा आफुहरुको पहिचान हुने भएकोले आफुहरुले गुरु पुर्णिामाको अवसर पारी गुरु हरु प्रति आफ्नो श्रद्धाभाव व्यक्त गरेको बताए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार