एसईई काे नतिजा पुरानै ग्रेडिङ पद्धति अनुसार सार्वजनिक हुने

काठमाडौँ । माध्यमिक शिक्षा परिक्षा कक्षा १० को नतिजा पुरानै ग्रेडिङ पद्धति अनुसार सार्वजनिक गरिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत वर्ष अनुसार नै यस वर्ष पनि नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो।

बोर्डले यस पटकका लागि पुरानो निर्देशिकाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।

बोर्डले २०७९ को कक्षा १० को नतिजा शुक्रबारभित्रमा सार्वजनिक गर्ने तयारी गरेको छ।

लेटर ग्रेडिङ अनुसार सबै विषयमा ३५ प्रतिशत नतिजा नआउने विद्यार्थीको नन ग्रेडेड हुने भन्ने छ। तर, बोर्डले यो वर्ष उक्त निर्णय कार्यान्वयन नगर्ने भएको हो।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार