
कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा यू–१६ प्रदेशव्यापी छात्र विद्यालयस्तरीय फुटबल प्रतियोगित २०८३ को तयारी तिब्र रुपमा अगाडी बढेको छ ।

मङ्सिर ४ गते बाट १३ गते सम्म प्रतियोगीता प्रतिसंचालन हुने बिधालय स्तरीय यु-१६ जानकारी गराउने उद्देश्यले आगामी मंसिर २ गते बुधबार पत्रकार सम्मेलन आयोजना गरिने आयोजकले जनाएको छ ।

बौनियास्थित फ्रेन्ड कटेजमा दिउँसो १ः३० बजे हुने पत्रकार सम्मेलनमा प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्नुका साथै प्रतियोगिताको ट्रफी अनावरण गरिने कार्यक्रम रहेको संस्थाका अध्यक्ष प्रमोद मल्लले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी, उद्देश्य तथा सञ्चालन प्रक्रियाबारे जानकारी गराईने बताउनुभयो ।

प्रतियोगितामा प्रदेशभरिका ३२ बिधालयको सहभागिता रहने छ । प्रतियोगितामा बिजेता बिधालयलाई १ लाख २१ हजार नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने उपबिजेता बिधालयलाई ६१ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ । यसै गरि उत्कृष्ट खेलाडिलाई नगद १५ हजार, सर्बाधिक गोलकर्तालाई नगद १० हजार, उत्कृष्ट रक्षक,उत्कृष्ट मिड फिल्डर,उत्कृष्ट गोल किपर, उदयिमान खेलाडीलाई समान १०/१० हजार प्रदान गरिने छ । यसै गरि फेयर प्ले अवार्ड लाई समेत नगद ५ हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

त्यस्तै, प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद १५ हजार रुपैयाँ, सर्वाधिक गोलकर्तालाई १० हजार रुपैयाँ प्रदान
गरिनेछ। उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपर र उदयीमान खेलाडीलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ। यसैगरी, फेयर प्ले अवार्ड प्राप्त गर्ने टोलीलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिनेछ।

विद्यालयस्तरबाटै प्रतिभावान् फुटबल खेलाडी उत्पादन गर्ने, स्थानीय तथा प्रदेशस्तरमा खेलकुदको विकास गर्ने र बालबालिकामा खेलप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगीता आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष प्रमोद मल्लले जानकारी दिएका छन ।
















