शिक्षा

नेपाल शिक्षक संघ बर्दगोरिया गाउँ कमिटीको दोस्रो अधिवेशन सम्पन्न; अध्यक्षमा हमाल

नेपाल शिक्षक संघ बर्दगोरिया गाउँ कमिटीको दोस्रो अधिवेशन सम्पन्न; अध्यक्षमा हमाल

१४ माघ २०७९ बर्दगोरिया । नेपाल शिक्षक संघ (NTA) बर्दगोरिया गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका विच बर्दगोरिया गाउँपालिकाको नमूना बिधालय श्री बसन्त मुरारी नमुना मा.वि को हलमा अधिवेशन सम्पन्न भएको हो । अधिवेशन बाट राकेश हमालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरिएको छ । जसको उपाध्यक्षमा रामचन्द्र कुश्मी, उपाध्यक्ष (महिला) मा पवन चन्द मल्ल, सचीव चक्र शाही, अर्थ सचीव चन्द्रा जोशी, सह-सचीव एकेन्द्र कुवर, भरत बलायर,सह-सचीव (महिला) सुरेखा चौधरी सह- समावेशी सकोश डगौरा, उपेन्द्र सुनार लगाएत २१ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको हो । नेपाल शिक्षक संघ (NTA) बर्दगोरिया गाउँ कमिटी अध्यक्ष भिमदत्त…
पुरा पढ्नुहाेस्
एसईई परीक्षाको समय तालिका सार्वजनिक

एसईई परीक्षाको समय तालिका सार्वजनिक

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । यसैबीच बोर्डले चैत १७ गतेबाट सञ्चालन हुने एसइईको परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार आगामी चैत १७ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ । चैत १९ गते अनिवार्य गणित र २० गते अनिवार्य नेपालीको परीक्षा हुने छ ।
पुरा पढ्नुहाेस्
श्री जनता आधारभूत बिद्यालयको बिधालय व्यवस्थापन समिति गठन, अध्यक्षमा कठरिया

श्री जनता आधारभूत बिद्यालयको बिधालय व्यवस्थापन समिति गठन, अध्यक्षमा कठरिया

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री जनता आधारभूत बिद्यालयको बिधालय व्यवस्थापन समिति गठन गरिएको छ । आइतबार बिधालय व्यवस्थापन समितीका अध्यक्ष राजाराम चौधरीको सभापतित्वमा भएको आम सभाबाट नयाँ समिति गठन गरिएको हो । जसको अध्यक्षमा रामचन्द्र कठरिया थारु चयन भएका हुन । यस्तै सदस्यमा कुकुलाल डगौरा थारु, रेहाना देवी कठरिया, पार्वती देवी कठरिया चयन भएका हुन । यस्तै वडा नम्बर ५ का वडा अध्यक्ष भोलेराम चौधरी, शिक्षक प्रतिनिधि भरत बहादुर बलायर, विध्यालयका प्रधानाध्यापक राम चन्द्र कुश्मी चयन भएका हुन । कार्यक्रमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भोलेराम चौधरी रहेका थिए…
पुरा पढ्नुहाेस्
श्री जनता आधारभूत बिद्यालयको शिक्षक अभिभावक सङ्गको अध्यक्षमा शाही

श्री जनता आधारभूत बिद्यालयको शिक्षक अभिभावक सङ्गको अध्यक्षमा शाही

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री जनता आधारभूत बिद्यालयको शिक्षक अभिभावक सङ्गको अध्यक्षमा धिरज शाही निर्वाचित भएका हुन । आइतबार बिधालय व्यवस्थापन समितीका अध्यक्ष राजाराम चौधरीको सभापतित्वमा भएको आम सभाबाट शाही निर्विरोध शिक्षक अभिभावक संघ को अध्यक्षमा चयन भएका हुन । यस्तै सदस्यमा मिठिला कुमारी बडायक, श्याम कुमारी कठरिया, निर्मला कठरिया, आरजु कठरिया, रामु डगौरा थारु, पुष्पा चौधरी, अतरोनि डगौरा, बुहारी लाल कठरिया रहेका छन । यस्तै शिक्षक प्रतिनिधि तर्फ रामकृष्ण चौधरी र बिधालयका प्रधानाध्यापक राम चन्द्र कुश्मी गरि ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरिएको हो । कार्यक्रमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर…
पुरा पढ्नुहाेस्
एकीकृत अखिल नेपाल शिक्षक संगठन बर्दगोरियाको अध्यक्षमा सुनार

एकीकृत अखिल नेपाल शिक्षक संगठन बर्दगोरियाको अध्यक्षमा सुनार

८ असोज २०७९ बर्दगोरिया (कैलाली) । एकीकृत अखिल नेपाल शिक्षक संगठन बर्दगोरिया गाउँ कमिटीको अध्यक्षमा पुस्कर सुनार चयन भएका छन् । शनिबार भएको तेस्रो गाउँ अधिवेशनले पुस्कर सुनारको नेतृत्वमा ११ सदस्यिय कमिटी गठन गरिएको हो । जस्को महिला उपाध्यक्षमा वसन्ती चौधरी, सचिव जय कृष्ण देवकोटा, सह–सचिवमा रामफल चौधरी, अर्थ सचिवमा पुष्पा गुरुङ्ग चयन भएका हुन । यस्तै सदस्यहरुमा लाल बहादुर चौधरी, शिवनारायण चौधरी लगायत रहेका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठन कैलाली जिल्लाका अर्थ सचिव प्रमोद साउदको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको हो । संगठनका अध्यक्ष भुपेन्द्र रास्कोटीको सभापतित्वमा भएको अधिवेशन भएको हो ।
पुरा पढ्नुहाेस्
श्री बालक्न्या मा.वि. को शिक्षक अभिभावक संगठनको अध्यक्षमा बिटालु चयन

श्री बालक्न्या मा.वि. को शिक्षक अभिभावक संगठनको अध्यक्षमा बिटालु चयन

बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ कट्टिपुरमा रहेको श्री बालक्न्या माद्यामिक विद्यालयको शिक्षक अभिभावक संगठनको अध्यक्षमा मनोज बिटालु चयन भएका छ्न । शिक्षक अभिभावक संगठनका लागि सोमबार सम्पन्न  अभिभावक भेलाबाट अध्यक्षमा बिटालुसहित ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको सदस्यमा मोतिकला अधिकारी ,धनसरा शर्मा, धनदेवी शाही, बिमला सिंह ,जानकी भण्डारी ,खेम बहादुर बोहरा ,समला संज्याल, रितादेवी कठरिया थारु, सदस्य सचिबमा भुमी प्रसाद शर्मालाई चयन गरेको छ ।
पुरा पढ्नुहाेस्
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा बर्दगोरियाका चार विद्यालय छनोट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा बर्दगोरियाका चार विद्यालय छनोट

३१, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि कैलालीको बर्दगोरिया गाउँपालिका ४ विद्यालय छनोटमा परेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीस्तरीय निर्णयानुसार बर्दगोरिया गाउँपालिका चार विद्यालयमा छनोट परेका हुन । छनोटमा विद्यालयहरुमा कालिका मा.वि नौनियाँ, मोतिभागरति आ.वि कुम्भीया, जगदम्भीके मा.वि खैरेनी र श्री मा.वि कोटातुल्सी परेका हुन । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत चालु आर्थिक वर्षको कार्यक्रममा बजेटको दायराले सम्बोधन गर्न सक्ने गरेर देशभरका तीन हजार चार सय ७५ विद्यालय यस कार्यक्रममा छानिएका छन् । कार्यक्रम सञ्चालन तथा कार्यान्वयनसम्बन्धी विस्तृत प्रक्रिया तयारी भइरहेको र बजेट वित्तीय हस्तान्तरण हुने क्रममा रहेको…
पुरा पढ्नुहाेस्
कक्षा ११ र १२ मा पढाउने शिक्षकलाई स्थायी गर्न माग

कक्षा ११ र १२ मा पढाउने शिक्षकलाई स्थायी गर्न माग

२४, भाद्र २०७९ काठमाडौं । उच्च माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले कक्षा ११ र १२ मा पढाउने शिक्षकहरुलाई एक पटकका लागि उमेर हद नलाग्ने गरी आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउन माग गरेको छ। सरकारले सङ्घीय शिक्षा ऐन ल्याउन लागेका सन्दर्भमा उनीहरूले राज्यले उक्त तहमा हालसम्म पर्याप्त दरबन्दी नदिई तथा स्थायी नगराई वर्षौंदेखि कार्यरत शिक्षकलाई विभेद र पक्षपातपूर्ण व्यवहार गरेको युनियनले गुनासो गरेको छ। सङ्घीय शिक्षा ऐन आएपछि कक्षा ९ देखि १२ सम्म माध्यमिक तहका रूपमा कानूनी मान्यता हुने भएकाले युनियन त्रसित भएको छ। युनियनका अध्यक्ष दीपकराज सुवेदीले आफूहरुको रोजगारीको सुरक्षा र सुनिश्चितताका लागि कुनै पहल नभए त्यस अवस्थामा कडा आन्दोलन…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा क्याम्पस सञ्चालन लागि ११ सदस्यीय तदर्थ समिति गठन, अध्यक्षमा चौधरी

बर्दगोरियामा क्याम्पस सञ्चालन लागि ११ सदस्यीय तदर्थ समिति गठन, अध्यक्षमा चौधरी

६, भाद्र २०७९ बर्दगोरिया कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिकामा बहुमुखी क्याम्पस संचालनको लागि पहल थालिएको छ । पालिकामा बहुमुखी क्याम्पस नहुदा यहाँका विद्यार्थीहरु छिमेकी नगरपालिका र पालिकाको क्याम्पस धाउन बाध्य छ्न । सोही समस्यालाई मध्यनजर गरि बर्दगोरियामै बहुमुखी क्याम्पस स्थापनाको लागि पहल थालिएको पालिका अध्यक्ष कर्ण बहादुर कुवरले बताए ।  बर्दगोरियामै बहुमुखी क्याम्पस संचालनको लागि आवस्यक कामकारबाही अगाडि बढाउने सम्बन्धमा सोमबार सर्वपक्षीय भेला सम्पन्न भएको छ । सो भेलाबाट विष्णु चौधरीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । समितिको कोषाध्यक्षमा धिरज शाही,सदस्य सचिबमा चन्द्रा खरेल, सदस्यहरुमा अजय मल्ल, टङ्क राज ओली, मिलन वलि, रेणु चौधरी ,बिमला शाह साउद रहेका छ्न…
पुरा पढ्नुहाेस्