बर्दगोरियाको एसइई परीक्षाको नतिजा, श्री महुन्याल मा.वि.का अर्जुन आचार्य बने जिल्ला स्तरको नतिजामा तेस्रो

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाबाट २०७९ को एसइई परीक्षामा सहभागी ९ जना विद्यार्थीले ए प्लस ल्याउन सफल भएका छन ।

उनीहरुले राष्ट्रिय परिक्षा बोर्डको ग्रेडिङ नतिजा प्रणाली अनुसार (३.६ देखि ४ जिपिए) भित्र आफ्नो नतिजा पार्दै ए प्लस ल्याउन सफल भएका हुन ।

यस्तै, २९ जना विद्यार्थी ए ग्रेड (३.२ देखि ३.६ जिपिए), ७१ जनाले बि प्लस (२.८ देखी ३.२ जिपिए) र ९६ जना बि ग्रेड (२.४ देखि २.८ जिपिए) ल्याइ उत्तीर्ण भएका छन् ।

यस्तै १ सय ५३ जनाले सी प्लस (२.० देखी २.४ जिपिए), १ सय ३७ जना सी ग्रेड (१.६ देखि २.० जिपिए), ६४ जनाले डी प्लस (१.२ देखि १.६ जिपिए) र ९५ जनाले डी ग्रेड (०.८ देखी १.२ जिपिए) ल्याएका छन् ।

राष्ट्रिय परिक्षा बोर्ड को ग्रेडिङ प्रणाली अन्तर्गत १.६ भन्दा कम जिपिए ल्याउने विद्यार्थी अनुत्तीर्ण सरह मानिन्छन् । यद्यपि उनीहरू ग्रेड वृद्धि परीक्षामा भने सहभागी हुन पाउँछन् । यो पालिकामा अनुत्तीर्ण भएका १ सय ५९ जनाले ग्रेड बृद्धी परीक्षा दिन पाउने भएका छन् ।

शैक्षिकसत्र २०७९ मा बर्दगोरिया गाउँपालिकाबाट मात्र सामुदायिक तथा संस्थागत बिधालयका ६ सय २४ जना विद्यार्थीले एसइइ परिक्षामा सहभागी थिए । ति मध्ये प्रतिशतको आधारमा शैक्षिकसत्र २०७९ मा बर्दगोरिया गाउँपालिकाबाट ७५ दशमलव ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । उत्तीर्ण हुनेमा सबै भन्दा बढी सी प्लस ग्रेडका छन् । भने सबै भन्दा कम ए प्लस ग्रेड ल्याउने छन् ।

ए प्लस ल्याउने को–को ?

बर्दगोरिया गाउँपालिकामा ६ सय ५४ मध्ये ९ जनाले ए प्लस ल्याएका छन् । ए प्लस ल्याउने मध्य श्री महुन्याल माध्यमिक विद्यालय बासकोटीका अर्जुन आचार्यले ३.९२ जिपिए ल्याउँदै पालिका टपर बनेका छन् । जुन जिल्ला स्तरको नतिजा हेर्ने हो भने उनी तेस्रो स्थानमा छन् । यस्तै सोही विद्यालयकी झरना सिंह ठकुरीले ३.७६ जिपिए ल्याइ पालिकामा दोश्रो बनेकी छन् भने नोबेल एकेडेमी मुडा गाउँका नमिता खतिवडाले ३.७५ जिपिए ल्याइ पालिकामा तेस्रो बनेकी छन् । यस्तै ए प्लस ल्याउनेमा सौरभ चौधरी ३.७० जिपिए, रोहित बहादुर रावल ३.६८ जिपिए, अविराज बुढा ३.६५ जिपिए, अन्जु चौधरी ३.६५ जिपिए, नीरज गौतम ३.६० जिपिए र सन्दीप स्वार ३.६० जिपिए छन् ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार