ब्रेकिङ न्युज

Featured posts

आज भाद्र २८ गते, तपाईंको आजको राशिफल

आज भाद्र २८ गते, तपाईंको आजको राशिफल

आज २०७९ भाद्र २८ गते, मंगलवार, १३ सेप्टेम्बर २०२२। आश्विन कृष्णपक्ष तृतीया तिथि । आजको राशिफल अनसार तपाईंको आजको दिन कस्तो रहला ? मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अनावश्यक तथा सौन्दर्यतामा धन खर्च हुनेछ । सानातिना समस्यामा अल्झिनु पर्नेछ, तर आफन्तबाट साथ र हौसला मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कार्यक्षेत्रमा…
पुरा पढ्नुहाेस्
दलित भनेर अपमान गर्दै ज्यान मार्ने धम्की दिनेलाई कारबाहीको माग, विज्ञप्ति सहित

दलित भनेर अपमान गर्दै ज्यान मार्ने धम्की दिनेलाई कारबाहीको माग, विज्ञप्ति सहित

२७, भाद्र २०७९, कैलाली । दलित भनेर अपमान गर्दै ज्यान मार्ने धम्की दिने भुपेन्द्र बहादुर सिंहलाई नेपाल दलित मुक्ति मोर्चाले कारबाहीको माग गरेको छ । बझाङ जिल्ला खप्तड छान्ना गाउँपालिका घर भएका सिंहले सोही गाउँपालिकामा बस्ने टंक आर्गि लाई दलित भन्दै अपमानजनक गाली बेइज्जत गर्दै ज्यान मार्ने धम्की दिएकोले कारबाहीको माग गरेको हो । दलित मुक्ति मोर्चा सुदूरपश्चिम प्रदेश कमिटी संयोजक बिनिता बिकले भदौ २७ गते प्रेस विज्ञप्ति जारी गर्दै जातीय भेदभाव तथा छुवाछूत जन्य अश्लिल गालीगलोज गर्दै फोन मार्फत ज्यान मार्ने धम्की दिएको घटना प्रति कडा आपत्ति जनाउदै तत्काल पक्राउ गरि कानुन बमोजिम कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरेको…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा अपाङ्गता समन्वय समितिकाे बैठक सम्पन्न

बर्दगोरियामा अपाङ्गता समन्वय समितिकाे बैठक सम्पन्न

२६, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । बर्दगाेरिया गाउपालिका उपाध्यक्ष एवम् अपाङ्गता समन्वय समितिका संयाेजक गणेश राज गिरीकाे अध्यक्षतामा बैठक सम्पन्न भएको छ । आइतबार अपाङ्गता समन्वय समितिकाे कार्यलयमा भएको बैठकले गाउपालिकाकाे विभिन्न वडा बाट अपाङ्ग परिचयपत्र मागका लागि प्राप्त निबेदन माथि छानबिन गरि अपाङ्गताकाे स्तर अनुसार काे परिचयपत्र दिने निर्णय गरेको महिला तथा बालबिकास साखा प्रमुख पानमति रानाले बताउनुभएको छ । साे अवसरमा बर्दगाेरिया गाउपालिका अध्यक्ष कर्ण बहादुर कुवर लगायतको उपस्थिति रहेको थियो । साे बैठकमा अपाङ्गता परिचयपत्र मागका लागि निबेदन दिएका व्यत्तिहरु स्वयम उपस्थिति भएका थिए । बर्दगाेरिया गाउपालिका स्तरिय अपाङ्गता समन्वय समितिमा बर्दगाेरिया गाउपालिका उपाध्यक्ष गणेश राज गिरी…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा ‘लार्भा खोज र नष्ट गर’ अभियान शुरु

बर्दगोरियामा ‘लार्भा खोज र नष्ट गर’ अभियान शुरु

२६, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिकामा लाम्खुट्टेका लार्भा खोज र नष्ट गर’ अभियान सुरू गरिएको छ । पालिकामा डेंगुको संक्रमण हुन नदिन बर्दगोरिया गाउँपालिका स्वास्थ्य शाखाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरू गरेको हो । पालिकाले लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरुको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न अभियान चलाएको हो । शाखाले पालिकाका ६ वटै वडामा लाम्खुट्टेका 'लार्भा खोज र नष्ट गर’ अभियान संचालन हुने बर्दगोरिया स्वास्थ्य शाखा प्रमुख निर्प बिष्टले जानकारी दिए। उनले भने पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न दिन नदिन र निरन्तर सरसफाइको लागि जनचेतनामुलक अभियान अगाडी बढाइएको बताए…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-५ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी जग्गाको निस्सा वितरण  कार्य सम्पन्न

बर्दगोरिया-५ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी जग्गाको निस्सा वितरण  कार्य सम्पन्न

२६, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा जग्गाको निस्सा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग संग भएको सम्झौता बमोजिम गाउँपालिकाले वडा नम्बर ५ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी लाई जग्गाको निस्सा वितरण गरिएको हो । आइतबार आज वडा नम्बर ५ स्थित कोईलीभुरुवामा एक कार्यक्रमका बिच पालिकाको निर्देश अनुसार वडाले वडाक भूमिहीन दलित, भुमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको हो । कार्यक्रम बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेश राज गिरीको प्रमुख आतिथ्यमा निस्सा वितरण गरिएको हो । निस्सा वितरण गर्दै उपाध्यक्ष गिरीले आफुहरुले निर्वाचनका बेला जनतामाझ गरेको बाचा पूरा हुँदै गएको बताए । आफुहरुले गरेका विभिन्न वाचाहरु…
पुरा पढ्नुहाेस्
आजदेखि सोह्र श्राद्ध विधिवत् रुपमा आरम्भ

आजदेखि सोह्र श्राद्ध विधिवत् रुपमा आरम्भ

२६, भाद्र २०७९ काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ। आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। प्रतिपदा तिथि श्राद्धको पिण्डदान २:१९ बजेसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो। यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ। चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय…
पुरा पढ्नुहाेस्
१ लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान खुल्ला, कहिले सम्म दिन पाईने आवेदन ?

१ लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान खुल्ला, कहिले सम्म दिन पाईने आवेदन ?

२६ भाद्र २०७९ काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ । नेपाल प्रहरीकोे प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार एक लाख पन्ध्र हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको दिन समेत दरखास्त बुझाउन सक्नेछन् । दरखास्त फाराम सबै जिल्ला प्रहरी कार्यालयमा पाइनेछ । म्यादी प्रहरी छनोटमा स्थानीय तह वा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७४…
पुरा पढ्नुहाेस्
आज भाद्र २६ गते, तपाईंको आजको राशिफल

आज भाद्र २६ गते, तपाईंको आजको राशिफल

आज २०७९ भाद्र २६ गते, आईतबार, ११ सेप्टेम्बर २०२२। आश्विन कृष्णपक्ष प्रतिपदा तिथि । आजको राशिफल अनसार तपाईंको आजको दिन कस्तो रहला ? मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कुनै कुराले मनमा शान्ति छाउनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । शिक्षामा सफलता मिल्नेछ । डेकोरेसनको लगानीबाट लाभ मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको दिन लाभहानी, सुखदुःख मध्यम नै रहनेछ । धेरै ठूलो महत्त्वाकाङ्क्षा लिएर काम नगर्नु होला, साँझमा कतैबाट शुभ समाचार सुन्न पाइनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज अधुरा कार्य पूरा हुने…
पुरा पढ्नुहाेस्
कैलालीमा विश्व आत्महत्या रोकथाम दिवस मनाइयो

कैलालीमा विश्व आत्महत्या रोकथाम दिवस मनाइयो

२५ भाद्र २०७९ मसुरिया (कैलाली) । विश्व आत्महत्या रोकथाम दिवस कैलालीको गौरीगंगामा मनाईएको छ । “आशा जगाऔं, जीवन बचाऔं” भन्ने मुल नाराका मसुरिया बजारमा प्रभातफेरी रियाली सहित अभिमुखीकरण कार्यक्रम गरिएको थियो । टि.पी.ओ. नेपालका कैलाली जिल्ला मनोपरामर्श दाता दिनेश भट्टराईले सहजिकरण गरेको कार्यक्रममा पहिलो संविधान सभा सदस्य कृष्ण कुमार चौधरीले सम्बोधन गरेका थिए । जुनसुकै उमेर समुहका मानिसहरुले आत्महत्या गर्ने हुँदा घर परिवार समाजमा कमजोर मनस्थिति बनाउने व्यक्तिको उपचारमा प्रोत्साहन गर्नुपर्ने चौधरीले बताएका छन् । घर परिवार साथीभाइ सकारात्मक सोचका साथ जिवन उपयोगी सिप विकास गरेर सहयोगात्मक सम्बन्ध बनाएमा सहि परामर्श र उपचारले आत्महत्याबाट मृत्यु हुने जोखिम कम गर्न सकिने…
पुरा पढ्नुहाेस्
भाद्र २५ गते तपाईंको राशिफल

भाद्र २५ गते तपाईंको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – लक्ष्य प्राप्तिका निमित्त थप परिश्रम गरी लाभ पाउने समय हो । विदेश जाने सपना सँगाल्नु भएको छ भने योजना बनाउँदा शुभ हुनेछ । दीर्घ प्रयोजनको लाभमूलक काम अघि सार्ने हो भने योजना बनाउने, साझेदार र मतियारका बीचमा छलफल गर्ने, प्रशासनिक तौरतरिका बुझ्ने र प्रयास गर्ने समय आएको छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – परिबन्द र बाध्यतामा अलमलिनु पर्ने समय छ, तर पनि आपसी समन्वय र तालमेल कायम रहने दिन हो । मुख चलाएर काम गर्ने पेसाका मानिसहरू जस्तै वकिल, शिक्षक, प्राध्यापक वा…
पुरा पढ्नुहाेस्