बर्दगोरियामा विपद जोखिम व्यवस्थापन सम्बन्धि क्षमता अभिवृद्धि तालिम सुरु

३०, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । विपद जोखिम व्यवस्थापन स्थानियकरण सम्बन्धी २ दिने क्षमता अभिबृद्दी तालिम बर्दगोरियामा बिहिवार बाट सुरु भएको छ । विपद बाट हुन सक्ने क्षतिको कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने उद्देश्यका साथ संघीय प्रशासन मन्त्रालयको सहयोगमा बर्दगोरिया गाउँपालिकाका सरोकारवाला संग छलफल सहित तालिम गरिएको हो ।

बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि, प्रमुख प्रशासकिय अधिकृत अर्जुन सिंह कार्की, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, विभिन्न शाखा प्रमुखहरुको सहभागिता रहेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्थानीय तहहरूलाई जारी भएको नमुना कानुन बमोजिम धेरैजसो स्थानीय तहहरूमा विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐन समेत लागु भइसकेको अवस्था छ ।

तालिममा सहजीकरण गर्दै घोडघोडी नगरपालिका शाखा अधिकृत उमेश राज रेग्मीले स्थानीय तहले आफ्नो गाउँ/नगर क्षेत्रभित्र सम्भाव्य विपदको जोखिममा रहेका क्षेत्रहरू जस्तै नदी कटान, बाढी, डुबान, पहिरो, भूक्षय भएको क्षेत्रहरू पहिचान गर्न सक्नु र त्यसका लागि आवश्यक पहल गर्नु पर्ने बताए । साथै उक्त क्षेत्रमा बसोबास गर्ने समुदायलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न उपयुक्त स्थानको खोजी र उनीहरूको सुरक्षाको लागि सचेतना कार्यक्रम सञ्चालन गरी सम्भाव्य जोखिम कम गर्न लाग्नु पर्ने बताए । साथै रेग्मीले विपद पश्चात् गरिने राहत र उद्धारका साथै विपदबाट पीडितहरूको पहिचान, स्तर निर्धारण, परिचयपत्र वितरण गर्ने कार्य समयमै गर्न सके स्थानीय सरकारको अनुभूति जनताले गर्न सक्ने बताए ।

कार्यक्रम बोल्दै गाउँपालिका अध्यक्ष कर्ण कुँवरले विपद ब्यवस्थापनका लागि बर्दगोरिया गाउँपालिका एकदमै तयारी अवस्थामा रहेको बताए । उनले विपद बाट हुने जोखिमलाई न्यूनीकरण गर्न गाउँका विभिन्न क्षेत्रमा पुर्व तयारी, राहत तथा उद्दारका कार्यक्रम अगाडि बढाईने बताए ।

कार्यक्रमको संचालन सहकारी शाखा प्रमुख झपी राज ओझाले गर्नु भएको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार