सडकपुर बौनिया युवा क्लब (बि) १-० गोलले पराजित; आर्मी फाइनलमा प्रवेश
बर्दगोरिया । सडकपुर बौनिया युवा क्लब (बि) लाई १-० ले पराजित गर्दै नेपाल आर्मीको देविदल गण (तेघरी) पाचौं बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनल खेलको पहिलो हाफमा सडकपुर बौनिया युवा क्ल्व (बि) लाई आर्मीले १ गोल गर्न सक्यो । निकै प्रतिस्पर्धात्मक भएको खेलको दोस्रो हाफमा दुबै टीमबाट कुनै गोल हुन सकेन । आर्मीसङ्ग १ -० ले पराजित भएसङ्गै सडकपुर बौनिया युवा क्ल्बको फाइनलमा उपाधी भिडन्त गर्ने सपना सकिएको छ । यसअघि आयोजकै समूह (ए) टिम पनि बाहिरी सकेको छ । सडकपुर बौनिया युवा क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत शनिबार हुने…