ब्रेकिङ न्युज

Featured posts

जनताको विकास र समृद्धिको बाधक प्रतिगमनकारी विरुद्ध अहिलेको चुनावी गठबन्धन हो: साउद

जनताको विकास र समृद्धिको बाधक प्रतिगमनकारी विरुद्ध अहिलेको चुनावी गठबन्धन हो: साउद

बर्दगोरिया । कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार नन्द बहादुर साउद (राजेन्द्र) ले जनताको विकास र समृद्धिको बाधक प्रतिगमनकारी विरुद्ध अहिलेको चुनावी गठबन्धन भएको बताएका छ्न । कैलालीको बर्दगोरिया गाउँपालिका ५ मा गठबन्धनले आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन । नेपाली काङ्ग्रेस बर्दगोरिया गाउँ कार्यसमिति सभापति कृष्ण विष्टको सभाध्यक्ष्तामा भएको कार्यक्रममा उनले पछिल्लो समय केही प्रतिगामी तत्वहरु जनताको विकास र समृद्धि मन्चन गरेर नेपाली जनतालाई आश्वासन मात्रै बाढ्ने गरेको हुदा ती सबै कुराको चिरफार गर्न मङ्सिर ४ गते हुने निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार लाई भोट हाल्नुको विकल्प नभएको बताए । निवर्तमान सुदुरपश्चिम प्रदेश…
पुरा पढ्नुहाेस्
कस्तो रहला आजको मौसम पूर्वानुमान ?

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ । जसको प्रभावले हाल देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यी दुई प्रदेशमा राति पनि हल्का वर्षाको सम्भावना रहेको छ भने  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। आइतबार पनि देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने महाशाखाले जानकारी दिएको छ ।  प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा आइतबार पनि हल्का वर्षाको सम्भावना रहेको छ।
पुरा पढ्नुहाेस्
कैलालीमा जग्गा बेच्दै धान किनेर खाने बढे

कैलालीमा जग्गा बेच्दै धान किनेर खाने बढे

कैलाली । जिल्लाको टीकापुरमा आर्थिक विकास र दिगोपनका लागि सरोकारवालासँग छलफल भएको छ। छलफल कार्यक्रममा सहभागीले आर्थिक गतिविधि बढेमा विकास सम्भव हुने भएकाले त्यसतर्फ ध्यानपर्ने बताए। छलफलमा भाग लिँदै सामाजिक अभियन्ता भीमराम चपाईँले पहिला धान बेचेर जग्गा किन्थे, अहिले जग्गा बेचेर धान किनेर खाने गर्नाले समस्या भएको बताए। उनले टीकापुरमा सुरुको गुरुयोजना, त्यसपछिको आवधिक योजना हराएको गुनासो गर्दै यहाँ हरेक ठाउँमा आर्थिक अनियमितता भइरहेकाले नागरिकले जीवनस्तर वृद्धि गर्न नसकेको बताए। “जनप्रतिनिधि संयमित हुनुपर्छ, हरेक कार्यमा निगरानी बढाउनुपर्छ”, उनी भन्छन्, “विकासका सवालमा गुरुयोजनाअनुसार काम गरेमा गुणस्तरीय हुन्छ। यहाँ नागरिकले पनि हरेक काममा सवाल गर्न आवश्यक छ।” मानिस अल्छी बन्दै गएकाले भएको…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-६ मा दिया देवारी सांस्कृतिक कार्यक्रम २०७९ हुने

बर्दगोरिया-६ मा दिया देवारी सांस्कृतिक कार्यक्रम २०७९ हुने

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउंपालिका ६ जगतपुरमा तिहार तथा छठ पर्बको अवसरमा दिया देवारी सांस्कृतिक कार्यक्रम २०७९ हुने भएको छ । भाषा, कला, संस्कृतिके करी सम्मान । भेषभुषा, कला, संस्कृति हमार पहिचान ।। भन्ने मुल नाराका साथ हरेक बर्षझैं आयोजना हुने कार्यक्रम यस बर्ष पनि कार्तिक १३ गते आयोजना हुन लागेको हो । बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रा. लि. को आयोजना तथा श्री जनआकृति बाल क्लबको सहकार्यमा कार्यक्रम हुने बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रा. लि.का प्रबन्ध निर्देशक हरेन्द्र चौधरीले जानकारी दिएका छन । कार्यक्रमलाई नेपालकै प्रतिष्ठित कम्पनि चौधरी ग्रुपको सि जी ब्रुअरी प्रा. लि. ले मुख्य प्रायोजकको रुपमा प्रायोजन गरेको छ…
पुरा पढ्नुहाेस्
नागरिक उन्मुक्ति पार्टी परित्याग गर्दै प्रमोद मल्ल पुन: नेपाली काङ्ग्रेसमा प्रवेश

नागरिक उन्मुक्ति पार्टी परित्याग गर्दै प्रमोद मल्ल पुन: नेपाली काङ्ग्रेसमा प्रवेश

बर्दगोरिया । नेपाली काङ्ग्रेस बर्दगोरिया गाउँकार्यसमितिको उपसभापति जस्तो जिम्मेवारपुर्ण पद त्यागेर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका प्रमोद मल्ल पुनः काङ्ग्रेसमै फर्किएका छ्न । बुधबार कैलालीको बर्दगोरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै मल्ल नागरिक उन्मुक्तिमा प्रवेश गरेको चार महिना नपुग्दै फेरि काङ्ग्रेसमा फर्किएका हुन । मल्ल गत असार २५ गते लम्कीमा आयोजित नागरिक उन्मुक्ति पार्टी प्रवेश कार्यक्रममा नेपाली काङ्ग्रेस बर्दगोरियाको उपसभापति छोडेर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए । नागरिक उन्मुक्तिमा रहदा मल्लले मङ्सिर ४ मा हुने चुनावको लागि प्रदेश सभा सदस्यको उम्मेदवारको दावी गर्दै सोहीअनुसारको लविङ गरेका थिए । तर अन्ततः मल्लले टिकट भने पाएन्न । उनले नेपाली काङ्ग्रेसमा हुँदा पनि…
पुरा पढ्नुहाेस्
आज तिहारको चौथो दिन, गोवर्द्धन पूजा, गोरु पूजा गरिँदै

आज तिहारको चौथो दिन, गोवर्द्धन पूजा, गोरु पूजा गरिँदै

काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । बलि, हली एवं गोरु पूजा भगवान्…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-६ मा पुर्व सांसद साउदले गरेका बिकासे योजनाको रिपोर्ट

बर्दगोरिया-६ मा पुर्व सांसद साउदले गरेका बिकासे योजनाको रिपोर्ट

बर्दगोरिया । सुदुरपश्चिम प्रदेशका पुर्व सांसद नन्दबहादुर साउद (राजेन्द्र ) ले कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा मात्रै दर्जनौं कार्ययोजना पूरा गरेका छ्न । उनले आफ्नो ५ वर्षिय कार्यकालमा बर्दगोरिया ६ नम्बर वडामा मात्रै दर्जनौ कार्ययोजना पूरा गरेको पाइएको छ । आउँदो मङ्सिर ४ गते हुने निर्वाचनका लागि संयुक्त बाम लोकतान्त्रिक गठबन्धनबाट कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार समेत रहेका साउदले आफ्नो कार्यकालमा यहाँको विकास र समृद्धिका लागि के - कति योगदान गरे ? भनी गरेको खोज अध्ययनबाट यसको तथ्य खुलेको हो । माननीय रहदा साउदले बर्दगोरियाका वडा नम्बर ६ मा कृषि हाटबजार, कृषि…
पुरा पढ्नुहाेस्
आज सूर्यग्रहण लाग्दै, ग्रहण लागेको बेला के गर्ने, के नगर्ने ?

आज सूर्यग्रहण लाग्दै, ग्रहण लागेको बेला के गर्ने, के नगर्ने ?

काठमाडौं । कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो ४:५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५:२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी करिब ६:४५ बजे छोड्नेछ । शास्त्रीय मान्यताअनुसार सोमबार राति ४:५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । ग्रहणका समयमा…
पुरा पढ्नुहाेस्
दोदोधरा अस्पतालले तिहारको विदामा पनि नियमित उपचार सेवा दिने

दोदोधरा अस्पतालले तिहारको विदामा पनि नियमित उपचार सेवा दिने

बर्दगोरिया । तिहारको विदामा कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको दोदोधरा अस्पतालले स्वास्थ्य सेवालाई नियमित गरेको छ । नागरिकको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन दोदोधरा अस्पतालले नियमित सेवा संचालन गरेको हो । अस्पतालका जनस्वास्थ्य निरीक्षक कृष्ण देव जोशीका अनुसार सार्वजनिक बिदाको समयमा अस्पताल बन्द हुँदा नागरिक बिरामी हुँदा कुनै असुविधा नहोस र टाढा जानुपर्ने बाध्यता अन्त्य गर्दै घरदैलोमा नै स्वास्थ्य सेवा पुर्याउने उदेश्यका साथ अस्पतालबाट हुने सबैसेवा नियमित गरिएको हो । तिहारको अबसरमा सरकारले दिएको सार्बजनिक बिदाको दिन यहि कार्तिक ७ देखि १३ गतेसम्म बिहान १० देखि दिउँसो २ बजेसम्म अस्पतालबाट नियमित सेवा नागरिकलाई दिइनेछ । यसैगरी आकस्मिक सेवा…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-४ मा पुर्व सांसद साउदले गरेका बिकासे योजनाको रिपोर्ट

बर्दगोरिया-४ मा पुर्व सांसद साउदले गरेका बिकासे योजनाको रिपोर्ट

बर्दगोरिया । सुदुरपश्चिम प्रदेशका पुर्व सांसद नन्दबहादुर साउद (राजेन्द्र ) ले कैलालीको बर्दगोरिया गाउँपालिकासहित यस क्षेत्रको समग्र विकास र समृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्याएको पाइएको छ । आउँदो मङ्सिर ४ गते हुने निर्वाचनका लागि संयुक्त बाम लोकतान्त्रिक गठबन्धनबाट कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार समेत रहेका साउदले आफ्नो कार्यकालमा यहाँको विकास र समृद्धिका लागि के - कति योगदान गरे ? भनी हामीले गरेको अध्ययनबाट यसको तथ्य खुलेको हो । माननीय रहदा साउदले बर्दगोरियाका हरेक वडामा दर्जन बढी योजना र बजेट दिएको पाइएको छ । जुन योजना अनुसार ५ लाखदेखि करोड बढीका छ्न । यस क्षेत्रको…
पुरा पढ्नुहाेस्