बर्दगोरिया-४ मा पुर्व सांसद साउदले गरेका बिकासे योजनाको रिपोर्ट

बर्दगोरिया । सुदुरपश्चिम प्रदेशका पुर्व सांसद नन्दबहादुर साउद (राजेन्द्र ) ले कैलालीको बर्दगोरिया गाउँपालिकासहित यस क्षेत्रको समग्र विकास र समृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्याएको पाइएको छ ।

आउँदो मङ्सिर ४ गते हुने निर्वाचनका लागि संयुक्त बाम लोकतान्त्रिक गठबन्धनबाट कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार समेत रहेका साउदले आफ्नो कार्यकालमा यहाँको विकास र समृद्धिका लागि के – कति योगदान गरे ? भनी हामीले गरेको अध्ययनबाट यसको तथ्य खुलेको हो ।

माननीय रहदा साउदले बर्दगोरियाका हरेक वडामा दर्जन बढी योजना र बजेट दिएको पाइएको छ । जुन योजना अनुसार ५ लाखदेखि करोड बढीका छ्न । यस क्षेत्रको समुन्नत विकास र समृद्धिका लागि साउदले शैक्षिक ,भौतिक पुर्वाधार ,कृषि ,सहकारी ,सिचाइ खानेपानी, महिला विकास ,खेलकुदका क्षेत्रमा विशेष काम गरेको पाइएको छ ।

तपाईं साङ्सद हुँदा आफ्नो कार्यकालमा जनताको लागि के -कति काम गर्नु भयो ? भन्ने हाम्रो प्रश्नम साउदले आफ्नो ५ वर्षिय कार्यकालमा हरेक घर-घरमा योजना पुर्याउन नसकेपनि हरेक गाउँ ,टोल र वडामा कुनै न कुनै योजना र काम पुर्याएको बताए । उनले जनताको निम्ति गर्नसक्ने धेरै काम र योजना र बजेट बिनियोजन गरेको थिए । थुप्रै योजनाको काम पनि सकिएको छ ,केही योजनाको काम भने स्थानीय स्तरमै भएको ढिलासुस्तीले पूरा भने नभएका हुनसक्छन् ।

प्रदेश सभा सदस्यका उम्मेदवार रहेका साउदलाई फेरि तपाईंको मात्रै उम्मेदवारी किन, जनताले फेरि किन तपाइलाई भोट दिने ? भन्ने प्रश्नमा उनले जनताको लागि आफुले अधि सारेका थुप्रै अधुरा योजना छ्न । ती योजना र कामगर्न का लागि मेरो उम्मेदवारी हो ।

बर्दगोरिया ४ को लागि पुर्व साङ्सद नन्द बहादुर साउदले पूरा गरेका कार्ययोजना के-के हुन ? रिपोर्ट
१. पुरैना ताल पर्यटन प्रवर्द्धन पुर्वाधार विकास
२. कालिका मावि नौनियामा पक्की भवन
३. कालिका माविको जग्गामा गेटसहित ५ सय मिटर बढी घेरापर्खाल र भवन निर्माण
४. मुडा बजारदेखि पुरैना ताल जोड्ने सडक कालोपत्रे सुरुवात ,पानीपिच र ग्राभेल
५. टुकि बजारदेखि सुन्दरपुर जोड्ने सडक कालोपत्रे सुरुवात
६. श्री मावि कोटातुल्सीपुरमा दुई पक्की भवन
७.श्री मावि कोटातुल्सीपुरमा घेरबार
८.महिला विकास भवन निर्माण
९. खानेपानी भवन निर्माण
१०. निमुवाबोझी स्वास्थ्य इकाई भवन निर्माण
११. डफ युवा क्ल्वको भवन निर्माण
१२. इन्द्रेणी युवा क्ल्वको भवन निर्माण
१३. इन्द्रेणी युवा क्ल्वको भवनमा पक्की गेट, एअरपोर्ट तारजालिसहित घेरबार
१४. कालिका मन्दिर निर्माण
१५. नौनिया तटबन्ध
१५. ढोडरपुर जाने बाटोमा तटबन्ध
१७. मुडा खेलमैदानको स्तोरन्ति
१८.नवदुर्गा कृषि सहकारीको भवन निर्माण
१८. मुक्ति शिविरदेखि दमौरी जाने बाटोमा ग्राभेल
२०. शिव मन्दिर निर्माण

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार