ब्रेकिङ न्युज

Featured posts

बर्दगोरियामा जारि पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

बर्दगोरियामा जारि पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

बर्दगोरिया कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा जारी पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुक्रबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । गत मङ्गलवारबाट सुरु भएको प्रतियोगिता आज शुक्रबार एक कार्यक्रमका बीच सम्पन्न भएको हो । प्रतियोगितामा कक्षा ६ देखी १२ सम्मका १३ विद्यालयको सहभागीता रहेको थिए । प्रतियोगिताका अधिकांश खेल विद्यालाई वसन्त मुरारी माध्यमिक विद्यालयले कब्जा गरेको छ । १० स्वर्ण, ७ रजत र २ कास्य सहित वसन्त मुरारी प्रथम हुँदा ५ स्वर्ण र ३ कास्य सहित नोबेल एकेडेमी दोस्रो बनेको छ । यस्तै ३ स्वर्ण, ८ रजत र २ कास्य सहित कालिका मा.वि. नौनिया तृतीय बनेको छ । प्रतियोगितामा…
पुरा पढ्नुहाेस्
कैलालीको मोहन्याल गा.पा अध्यक्ष उपाध्याय  सहित १५ जनाले पाए विशेष अध्यक्षबाट सफाइ

कैलालीको मोहन्याल गा.पा अध्यक्ष उपाध्याय  सहित १५ जनाले पाए विशेष अध्यक्षबाट सफाइ

मोहन्याल  कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देविदत्त उपाध्याय ‘हिमशिखर’ सहित १५ जनालाई सफाइ पाएका छन  । पालिका अध्यक्ष उपाध्यायसहित तत्कालीन गाउँ कार्यपालिका सदस्य र प्रमुख प्रशासकीय अधिकृतलगायत १५ जनालाई बिहिवार विशेष अदालतले सफाइ दिएको हो । न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बास्तोला र डा.खुशीप्रसाद थाको संयुक्त अदालतले राजश्व रकम हिनामिनासम्बन्धी मुद्दाका सबै १५ प्रतिवादीलाई सफाइ दिएको हो । गैरकानूनी रुपमा राजस्व मिनाहा गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै उनीहरु निलम्बनमा परेका थिए । अदालतमा मुद्दा परेसँगै वर्तमान गाउँपालिका अध्यक्ष उपाध्यायले कामकाजसमेत गर्न पाएका थिएनन् । गाउँपालिका कार्यबाहक अध्यक्षको भरमा संचालन भइरहेको थियो । गत बैशाख १ गते…
पुरा पढ्नुहाेस्
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका शाह नियुक्त

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका शाह नियुक्त

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका नेपाली काँग्रेसका दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन्। प्रदेश प्रमुख देवराज जोशीले शाहलाई बिहीवार साँझ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। प्रदेश सभाबाट एमालेका दलका नेता राजेन्द्रसिँह रावलले विश्वासको मत नपाएपछि उनी पदमुक्त भएका थिए। माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा मुख्य मन्त्री नियुक्त भएका रावललाई नागरिक उन्मुक्तिले विश्वासको मत दिएन्। सुदूरपश्चिममा नेपाली काँग्रेसका १९, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्तिका ७, समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन्।
पुरा पढ्नुहाेस्
कैलालीको घोडाघोडीमा फागुन १८ गते देखि महोत्सव हुदै

कैलालीको घोडाघोडीमा फागुन १८ गते देखि महोत्सव हुदै

पदम राज ओझा / बौनिया । कैलालीको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी उद्योग बाणिज्य संघको आयोजनामा सुखडको हेलि प्याडमा घोडाघोडी महोत्सव २०७९ हुने भएको छ । "कला संस्कृतिक कृषि, पर्यटन र व्यापार ,समृद्ध घोडाघोडी बिकाशको आधार" भन्ने नाराका साथ संघको आयोजनामा फागुन १८ गते देखि २८ गते सम्म महोत्सव सञ्चालन गरीने महोत्सव मुल समिति संयोजक तथा घोडाघोडी उद्योग बाणिज्य संघका अध्यक्ष दुर्गा दत्त जोशिले पत्रकार सम्मेलनमा बताए । विश्व रामसार सुचिमा पर्न सफल पर्यटकीय क्षेत्रका रुपमा रहेको घोडाघोडी तालको प्रचारप्रसारका लागी महोत्सव गर्न लागिएको बताउदै महोत्सवमा यस क्षेत्रका सांस्कृति भेषभुसा झल्कीने स्थानिय कलासंस्कृतिको पर्दशन गरिनुका साथै ब्यापारीक, ब्यावसायिक र कृर्षि स्टल समेत…
पुरा पढ्नुहाेस्
एलपीएल : प्रकाश जैशिको उत्कृष्ट प्रदर्शनमा बालबाटिका विद्यामन्दिर बौनिया विजयी

एलपीएल : प्रकाश जैशिको उत्कृष्ट प्रदर्शनमा बालबाटिका विद्यामन्दिर बौनिया विजयी

धनगढी । धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको सातौँ संस्करणमा आज भएको खेलमा बालबाटिका बिद्या मन्दिर बौनियाले बिजयी सुरुवात गरेको छ । बालबाटिकाको जितमा प्रकाश जैशीले अर्धसतकीए सानदार पारी खेलेका छन् । प्रतियोगितामा ४ खेल सम्पन्न हुँदासम्म उनले पहिलो खेलमै अविजित ७८ रनको सानदार अर्धसतकीय पारी खेलेका हुन् । जारी संस्करणमा यो नै पहिलो अर्धसतक हो । टस जितेर पहिले ब्याटिङ गरेको बालबाटिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ८८ रन बनाउन सफल भएको थिए । बालबाटिकाका लागि यु १९ खेलाडी प्रकाश जोशिले २६ बलमा ६ चौका र ७ छक्काको मद्दतमा अबिजित…
पुरा पढ्नुहाेस्
जनआन्दोलन,जनयुद्धमा घाइते तथा अपाङ्गता भएका ब्यक्तिहरुका लागि लम्कीमा स्वास्थ्य प्रवर्द्धन कार्यक्रम

जनआन्दोलन,जनयुद्धमा घाइते तथा अपाङ्गता भएका ब्यक्तिहरुका लागि लम्कीमा स्वास्थ्य प्रवर्द्धन कार्यक्रम

लम्की कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकामा जनआन्दोलन,जनयुद्धमा घाइते भएका तथा अपाङ्गता भएका ब्यक्तिहरुला लागि स्वास्थ्य प्रवर्द्धन कार्यक्रमको आयोजना गरिएको छ ।लम्कीचुह नगरपालिकाको आयोजना तथा सामाजिक बिकास मन्त्रालय प्रादेशिक स्वास्थ प्रवर्द्धन केन्द्र सुदूरपश्चिम प्रदेशको आयोजनामा अपाङ्ग चेतना समाजको कार्यालय भल्कामा स्वास्थ्य प्रवर्द्धन कार्यक्रमको आयोजना गरिएको हो । प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रमुख हेमराज खड्काको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि लम्कीचुहा नगरपालिका वडा न ५ का वडाअध्यक्ष माया बिष्ट रहेकी थिइन ।कार्यक्रमको विशिष्ट अतिथिमा अपाङ्ग चेतना समाजका अध्यक्ष प्रेम बयक रहेका थिए भने कार्यक्रममा २२ जना जनआन्दोलन, जनयुद्धमा घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य अवस्था जाँच तथा स्वस्थ जीवनशैलीका लागि स्वास्थ्य व्यवहार…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा बिषयगत शाखाको जिम्मेवारी बाडफाड,, प्रबताको जिम्मेवारी मिथुन गौतमलाई

बर्दगोरियामा बिषयगत शाखाको जिम्मेवारी बाडफाड,, प्रबताको जिम्मेवारी मिथुन गौतमलाई

बौनिया । बर्दगोरिया गाउपालिका कार्यपालिकाको बैठकले गाउपालिका अन्तर्गत रहने बिषयगत शाखाको जिम्मेवारि वडा अध्यक्षहरुलाई बाडफाड गरेको । बर्दगोरिया गाउपालिकाको प्रबक्तामा मिथुन गौतमलाई तोकिएको छ । २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा बर्दगोरिया गाउपालिका वडा नम्बर १ को वडा अध्यक्ष पदमा नेकपा एमाले बाट निर्वाचित गौतमलाई सामाजिक बिकास शाखाको संयोजकको जिम्मेवारी समेत पाएका छन । सो जिम्मेवारी सहित गौतमलाई आइतबार बसेको कार्यपालिकाको बैठकले गाउँ पालिकाको प्रबक्ता समेतको जिम्मेवारी दिईएको हो । २०३३ सालमा चौकुने गाउपालिका २ धनरास सुर्खेतमा जन्मिए का गौतम विद्यार्थी जीवनमा राष्ट्रिय नव जागृत माध्यमिक बिधालय हिरापुर चुहा कैलालीमा २०४८ सालमा कक्षा ९ मा अध्यनरत हुदा अनेरास्ववियुमा…
पुरा पढ्नुहाेस्
आज राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन

आज राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन

काठमाडौँ । आज राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन दर्ता हुँदैछ । सङ्घीय संसद् सचिवालयका अनुसार अपराह्न १ बजेदेखि ४ बजेसम्म संसद् भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । सङ्घीय संसद्का सहायक प्रवक्ता दशरथ धमलाका अनुसार ४ः १५ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र २३ गते निर्वाचन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रियसभा उपाध्यक्ष रहेकी शशीकला दाहालको कार्यकाल सकिएको लामो समयसम्म उपाध्यक्ष पद खाली रहेको थियो । राष्ट्रिय सभा उपाध्यक्षमा विपक्षी गठबन्धनको तर्फबाट कांग्रेसले उम्मेदवारी दिने तयारी गरेको छ । सत्ता गठबन्धनले पनि आजै उम्मेदवार तय गर्ने तयारी गरेको छ ।
पुरा पढ्नुहाेस्
प्रतिनिधि सभाको बैठक आज १ बजे

प्रतिनिधि सभाको बैठक आज १ बजे

काठमाडौं : प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजेका लागी बोलाइएको छ। संघीय संसद सचिवालयले बिहीबार र शुक्रबार सांसदलाई संसदीय व्यवस्था तथा संसदको नीति र कानून जानकारी गराउन अभिमुखीकरण गरेको थियो। अभिमुखीकरणमा विगतको संसदीय अभ्यास, संसद सञ्चालनका नियम कानूनका विषयमा जानकारी गराइएको थियो। यो अभिमुखीकरणले संसद सञ्चालनमा सहज हुने विश्वास लिइएको छ।
पुरा पढ्नुहाेस्
प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटारमा

प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटारमा

काठमाडौं । सत्ता साझेदार दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रचण्डलाई भेट्न ओली शनिबार बिहान बालुवाटार पुगेका हुन्। समसमायकि राजनीतिक विषय, राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिनेबारे छलफल गर्न ओली बालुवाटार पुगेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्री नदिएको भन्दै एमाले असन्तुष्ट छ। उसले रास्वपाको भागमा परेको गृह मन्त्रालय उसैलाई दिनुपर्ने अडान लिएको छ। प्रधानमन्त्री प्रचण्ड भने गृह तत्काल रास्वपालाई नदिने अडान लिइरहेका छन्। रास्वपाले आज सम्मको अल्टिमेटम दिएको छ। प्रधानमन्त्री प्रचण्डले रास्वपा सभापतिबारे सर्वोच्च अदालतको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय आफैंसँग राख्ने उनी निकट स्रोतले सेतोपाटीलाई…
पुरा पढ्नुहाेस्