मोहन्यालमा पालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७९ शुरु

बर्दगोरिया कैलाली । कैलालीको मोहन्याल गाउँपालिकामा  पालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७९ शुरु भएको छ।

प्रतियोगिताको शनिबार एक औपचारिक कार्यक्रम मार्फत गाउँपालिका अध्यक्ष  देवीदत्त उपाध्यक्षले उद्घाटन गरेका हुन ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष उपाध्यायले विद्यालय स्तरमा खेलहरु बाट नै राष्ट्रिय खेलाडी हरुको उत्पादन हुने बताएका हुन । उनले खेलकुद क्षेत्रमा राज्यको चासो भएको भए पनि प्रथामिकतामा भने नपरेको उल्लेख गर्दै आफुले यसबारे आवाज उठाइ रहेको बताए । आफु पुर्व वडा अध्यक्ष भएको बेला पनि खेलकुद क्षेत्रलाई प्राथमिकता दिएको र अब पालिका अध्यक्षको हैसियतले पालिका भएका खेलाडी हरुलाई प्राथमिकतामा राख्दै खेल क्षेत्र बाट पनि पालिकालाई चिनाउने प्रयास गर्ने बताए  ।

मोहन्याल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष पिरम बहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि पालिका उपाध्यक्ष कमल बहादुर साउद, प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की रहेका थिए ।

यस्तै कार्यक्रममा नेपाली काङ्ग्रेस बाट झलक मास्की, नेकपा एमाले बाट भवनी देबकोटा, नेकपा (माओवादी केन्द्र ) बाट सुरेन्द्र जैसी लगाएका अतिथिहरुले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

प्रतियोगितामा पालिकाका ९ वटा विद्यालयको सहभागिता रहेको छ ।
प्रतियोगितामा १ सय ,२ सय, ४ सय, ८ सय, १५ सय, ३ हजार मिटरको छात्र ,छात्रा तर्फ रिले दौड ,कबड्डी ,भलिबल ,सटफुट, त्रीपल जम्प , हाइजम्प ,लमजम्प लगायतका छात्र ,छात्रा हरुको खेल हरु हुने छन् ।

खेल पालिकाको वडा नम्बर ३ स्थित फलेबिसौनामा संचालन भइरहेको छ । कार्यक्रमको संचालन त्रिवेणी माध्यामिक विध्यालयका प्र.अ. दान बहादुर बोहोराले गरेका थिए । 

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार