जनआन्दोलन,जनयुद्धमा घाइते तथा अपाङ्गता भएका ब्यक्तिहरुका लागि लम्कीमा स्वास्थ्य प्रवर्द्धन कार्यक्रम

लम्की कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकामा जनआन्दोलन,जनयुद्धमा घाइते भएका तथा अपाङ्गता भएका ब्यक्तिहरुला लागि स्वास्थ्य प्रवर्द्धन कार्यक्रमको आयोजना गरिएको छ ।लम्कीचुह नगरपालिकाको आयोजना तथा सामाजिक बिकास मन्त्रालय प्रादेशिक स्वास्थ प्रवर्द्धन केन्द्र सुदूरपश्चिम प्रदेशको आयोजनामा अपाङ्ग चेतना समाजको कार्यालय भल्कामा स्वास्थ्य प्रवर्द्धन कार्यक्रमको आयोजना गरिएको हो ।

प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रमुख हेमराज खड्काको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि लम्कीचुहा नगरपालिका वडा न ५ का वडाअध्यक्ष माया बिष्ट रहेकी थिइन ।कार्यक्रमको विशिष्ट अतिथिमा अपाङ्ग चेतना समाजका अध्यक्ष प्रेम बयक रहेका थिए भने कार्यक्रममा २२ जना जनआन्दोलन, जनयुद्धमा घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य अवस्था जाँच तथा स्वस्थ जीवनशैलीका लागि स्वास्थ्य व्यवहार सम्बन्धी परामर्श सँगै आयुर्वेद औषधिबाट उपचार गरिएको थियो ।स्वास्थ्य परीक्षणमा १३ जनामा शारीरिक समस्या तथा ४ जनामा पेटको रोग तथा अन्यलाई मानसिक तनावका बिरामी साथै १ जना उच्च रक्तचापको बिरामी पाइएको थियो ।

बिरामीहरुको चेकजाँच आयुर्वेद चिकित्सक डा. दुर्गा प्रशाद ढुङ्गानाले गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै कार्यक्रमकि प्रमुख अतिथि तथा वडा अध्यक्ष माया बिष्ठले राज्यले अपाङ्गता भएका तथा जनआन्दोलन, जनयुद्धमा घाइतेहरुलाइ उपेक्षा गरेको मुलप्रवाहिकरणमा ल्याइ प्रदेश तथा स्थानीय तहको समन्वयमा थप शिपमुलक, रोजगारमूलक र नियमित स्वास्थ्य जाँच कार्यक्रम गर्नुपर्ने बताइन् । 

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार